सनसिटी ब्लक ए मा बस्ने सबैको रिपोर्ट नेगेटिभ



काठमाडौं । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टको ए ब्लकमा बुधबार गरिएको र्यापिड टेस्टमा सबैको नेगेटिभ रिपोर्ट आएको छ । र्यापिड टेष्टका लागि बिहान ९ बजेदेखि त्यहाँ स्वास्थ्य मन्त्रायलको टोली खटिएको थियो । ए ब्लकमा बस्ने दुई सय ९६ जनाको बुधबार परीक्षण गरिएको थियो ।

यसअघि मंगलबार पिसिआरमार्फत गरिएको परीक्षणमा दुईजनाको पोजेटिभ रिपोर्ट आएको थियो । कागेश्वरी मनोहरा नगरपालिकाका प्रवक्ता राजाराम पुडासैनीले ए ब्लकमा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।

कोरोना संक्रमितहरु ए ब्लकमा बस्दै आएका थिए । सनसिटी अपार्टमेन्टमा रहेका पाँच ब्लकमा ५ सय परिवारका करिब १५ सयजना बस्दै आएका छन् । त्यहाँ सबैको र्यापिड टेष्ट गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोरोना संक्रमणबाट एमाले सांसद पशुपति चौलागाईंको निधन

काठमाडौं । कोरोना संक्रमणबाट नेकपा एमालेका वागमती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको निधन भएको

प्रदेश दुई सरकारले थप ५० हजार भिटिएम र रिएजेण्ट खरिद गर्ने

जकनपुरधाम । प्रदेश दुई सरकारले कोरोना सङ्क्रमण नियन्त्रण सन्दर्भमा परीक्षणको दायरा बढाउन थप

कोरोना संक्रमणबाट रुपन्देही र दाङमा ३१ जनाको मृत्यु

रुपन्देही । कोरोना भाइरस सङ्क्रमणका कारण रुपन्देही र दाङमा ३१ जनाकोे मृत्यु भएको

जेठ १७ गतेसम्म अन्तर्राष्ट्रिय हवाई उडानमाथि प्रतिबन्ध

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध जेठ १७ गतेसम्म लम्बिएको छ ।