प्रदेश एकमा दुई सय ८२ जनाको रिपोर्ट नेगेटिभ



विराटनगर । प्रदेश एकमा कोरोना भाइरसको आशङ्कामा थ्रोट स्वाबबाट रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) परीक्षण र रगतको नमूनाबाट र्यापिड डाइग्नोष्टिक टेस्ट गरिएका २८२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

थ्रोट स्वाबअन्तर्गत सङ्कलित २११ नमूनाहरु परीक्षणका लागि कोशी अस्पताल विराटनगर र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएकामा २२ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रदेश एकको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कोरोना सूचना डेस्कले जनाएकोे छ
कोरोना भइरस भए÷नभएको छिटो पत्ता लगाउन गरिने ¥यापिड डाइग्नोष्टिक टेस्टअन्तर्गत शनिबार भएको नमूना सङ्कलन परीक्षणमा ९३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । उक्त नमूना सङ्कलनमा जम्मा ७ महिला सहित ९३ जनाको परीक्षण गरिएको थियो ।

प्रदेशअन्तर्गतका विभिन्न जिल्लाका क्वारेन्टाइनमा राखिएका नागरिकको आरडिटीको परीक्षणको नमूना ल्याउन स्वास्थ्यकर्मीहरु परिचालन गर्ने कार्य जारी छ । मोरङ, झापा र उदयपुरमा रहेका क्वारेन्टाइनमा बसेका नागरिकको नमूना सङ्कलन गरिएको छ । प्रदेशका क्वारेन्टाइनमा शनिबारसम्म ५९२ छन् भने आइसोलेसनमा १० जनालाई राखिएको छ । होम क्वारेन्टाइनअन्तर्गत तीन हजार ४१७ छन् । प्रदेशका विभिन्न स्थानमा रहेका आइसोलेसनबाट २२ र क्वारेन्टाइनबाट ५५ जना घर फर्केका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह

सर्लाही ।गैरसरकारी संस्था महासंघ नेपाल सर्लाहीसहित विभिन्न सामाजिक संघ-संस्थाहरूले विवाहको न्यूनतम उमेर २०

तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर

ढोरपाटन (बागलुङ)। अग्ला पहाड र थुप्रै जंघार पार गरेपछि पुग्न सकिन्छ ढोरपाटन ।

बाढीले बस्ती बगाएपछि चार महिनादेखि त्रिपालमुनिको बास

धुलिखेल। काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका– ६ चनौटे नयाँ बस्तीका प्रकाश सिङतान चार

वडामै योजना सम्झौता : समय र खर्चको बचत

म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धौलागिरि गाउँपालिकाले घुम्ती