चिकित्सकको तलब कटौती गरिएको छैनः स्वास्थ्य मन्त्रालय



काठमाडौं । स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मी तथा चिकित्सकको तलब भत्ता कटौती गर्न कुनै पनि सूचना जारी नभएको जानकारी दिएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले तलब कट्टाका लागि कुनै पनि पत्राचार नभएको जनाकारी दिएका हुन् ।

चैत ११ गते मन्त्रिपरिषद्को बैठकले सरकारी सेवामा आवद्ध सबैको तलब कट्टाको घोषणा गरे पनि अहिलेसम्म मन्त्रालय अन्तर्गत कुनै पनि कर्मचारीको तलब नकाटिएको प्रवक्ता देवकोटाले जानकारी दिए । सरकारले तीनै तहका निजामती तथा सरकारी कर्मचारिको तलब कटाएर उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।

संक्रमण विरुद्ध सबैभन्दा बढी खट्नुपर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब कटाएर कोषमा जम्मा गरिएको भन्दै चौतर्फी विरोध भइरहेको थियो । स्वास्थ्यकर्मीहरूलाई उच्च मनोवलका साथ संक्रमण विरुद्धको लडाईंमा खट्नका लागि अनुरोध गरेको प्रवक्ता देबकोटाले बताए ।

उनले अहिले मुलुकभर क्वारेन्टाइनमा ८ हजार ६ सय ६० जना, आइसोलेशनमाा १२५ जना रहेका जानकारी दिए । त्यस्तै कोरोना संक्रमित ८ जनाको अवस्था सामान्य रहेको उनले बताए । उनले बिभिन्न प्रदेशबाट कोरोना परीक्षणको काम तिव्र रुपमा अघि बढिरहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

तत्काल कानून बनाएर सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया

फुङ्लिङ बजारबाट अब सात घण्टामै चीनको सीमावर्ती ओलाङचुङगोला पुग्न सकिने

फुङ्लिङ। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको ओलाङचुङगोला पुग्न सकिने