उपत्यकामा २ हजार ३ सय ८२ र बाहिर ५१३ जनाको नमूना परीक्षण



काठमाडौं । स्वास्थ्य मन्त्रालयले कैलाली र कञ्चनपुरबाट संकलन गरिएका ६६ वटा नमूनाको रिपोर्ट नेगेटिभ आएको जनाएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले धनगढीमा स्थानीय संक्रमण देखिएपछि सरकारले क्वारेन्टाइनमा रहेका १९८ जनाको नमुना संकलन गरेर ल्याइएकोमा ६६ वटा नमुनाको परीक्षण सकिएको र सबैको रिपोर्ट नेगेभिट आएको जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार र्यापिड टेष्टका लागि अहिले हरेक प्रदेशलाई ५ हजारको दरले कीट उपलव्ध गराइएको छ । उपत्यकासहित १० स्थानमा कोभिड–१९ को परीक्षण भइरहेको छ ।

प्रवक्ता डा. देवकोटाले हालसम्म २ हजार ८ सय ९५ जनाको नमूना परीक्षण भएको छ । जसमा उपत्यकामा २ हजार ३ सय ८२ जना र बाहिर ५१३ जनाको नमूना परीक्षण गरिएको छ ।
त्यस्तै कूल १८० जनालाई रेड जोनमा राखेर उनीहरुको स्वास्थ्य स्थिति निगरानीमा राखिएको मन्त्रालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अब बागमती प्रदेशभित्रका सबै अस्पतालमा बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु हुने

  भक्तपुर । बागमती प्रदेशभित्रका प्रादेशिक अस्पतालहरूमा यही माघ २२ गतेदेखि बिहान ८

मकवानपुरमा रुखले च्यापिँदा बालकको मृत्यु

  बागमती । मकवानपुरमा रुख ढाल्ने क्रममा च्यापिएर एक बालकको ज्यान गएको छ

फेरि बढ्यो इन्धनको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शुक्रबार

भक्तपुरमा बाल अदालत गठन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले भक्तपुरमा बाल अदालत गठन गर्ने निर्णय गरेको छ । यही