अब भरी ग्यास सिलिण्डर बिक्री गरिने



काठमाडौं । नेपाल आयल निगमले आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बुधबार बसेकोे बैठकले १४.२ किलो (पूरै भरी) को सिलिण्डर ग्यास बिक्रीवितरण खुला गर्ने निर्णय गरेको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अुनसार बिहीबारदेखि नै उद्योगीलाई ग्यास भर्न दिइने छ ।

पछिल्लो केही दिनयता आधा सिलिण्डर ग्यासको बिक्री कम भएको जनाउँदै उद्योगीले भरी ग्यास वितरणका लागि निगमसँग आग्रह गरेका थिए । उद्योगीको माग र भण्डारगृह भरिएकाले निगमले भरी सिलिण्डर बिक्रीको निर्णय गरेको उनले बताए । बजारमा ग्यासको अभाव सिर्जना भएको जनाई निगमले यही चैत १६ गते आधा (७.१ किलो) को ग्यास सिलिण्डर बिक्री गर्न उद्योगलाई निर्देशन दिएको थियो ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले सबै कम्पनीका ग्यास भण्डारगृह भरिएर बुलेटमै ग्यास राखिँदै आएको बताए । उनका अनुसार देशभरका ५९ ग्यास उद्योगमा करीब १० हजार मेट्रिक टन क्षमता रहेकामा हाल सबैको भण्डारगृह भरिएकाले एक सय बुलेटमा ग्यास राखिएको थियो । ग्यास बिक्रेता महासंघका कोषाध्यक्ष राजेश दाहालले काठमाडौं उपत्यकाका ३० प्रतिशत उपभोक्ताले आधा सिलिण्डर ग्यास लिनै नमानेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तोलामा दुई हजार सात सयले घट्यो सुनको मूल्य

  काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा मंगलबार गिरावट भएको छ ।

चैते धानप्रति दाङका किसानको आकर्षण बढ्दो

घोराही (दाङ) । दाङको बङ्गलाचुली गाउँपालिका–४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस वर्ष पनि

वीरगञ्जको अलौमा भीषण आगलागी, सात घर जलेर नष्ट, ५४ लाख बराबरको क्षति

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा मंगलबार बिहान आगलागी हुँदा सातवटा घर जलेका

यसरी रोक्न सकिन्छ शिक्षकहरूको दलीय आवद्धता

केशवप्रसाद भट्टराई । १. राज्य कानुनद्वारा संगठित सेवामा रहेका शिक्षक वा कर्मचारी कसैले