उपत्यका बाहिर ४ सय १ जनाको कोरोना भाइरसको परीक्षण



काठमाडौं । स्वास्थ्य मन्त्रालयले नेपालमा हालसम्म २ हजार ३ सय ६६ जनाको कोरोना भाइरसको परीक्षण गरिएको छ भने पछिल्लो २४ घण्टामा नयाँ संक्रमित नदेखिएको जनाएको छ ।

बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नयाँ संक्रमित नदेखिएको जानकारी दिएका हुन् । उनका अनुसार हालसम्म काठमाडौं उपत्याकाभित्र १९६५ जनाको र उपत्यका बाहिर ४ सय १ जनाको कोरोना भाइरसको परीक्षण गरिएको हो ।

उपत्यका र उपत्यकाबाहिर गरी जम्मा २ हजार ३ सय ६६ जनाको परीक्षणमा नयाँ संक्रमित नदेखिएको डा देवकोटाले बताए । उनले नमूना परीक्षणको कामलाई विस्तार गरिएको बताए ।

नेपालमा हालसम्म ९ जनामा मात्र कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये १ जना निको भइ घर फर्किसकेका छन् । अस्पतालमा उपचाररत ८ जनाको अवस्था पनि सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मर्स्याङ्दी जलाशयमा वैशाखदेखि मोटरबोट चल्ने

  दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन हुने

अर्थतन्त्र कमजोर बन्नुमा बाह्य भन्दा आन्तरिक कारण जिम्मेवारः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले दुई वर्षदेखि सुस्ताएको

लगानी भित्राउन अध्यादेश ल्याएर भएपनि कानून परिवर्तन गर्छुः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लगानी भित्र्याउनका लागि थप कानुन आवश्यक भएमा

भोजपुरमा एक करोडको लागतमा प्रसूतिसेवा भवन निर्माण

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–९ किमालुङमा सुविधासम्पन्न प्रसूतिसेवा भवन निर्माण भएको छ ।