बीएण्डसी अस्पतालले २४ सै घण्टा सेवा दिने



बिर्तामोड । सामान्य बिरामीलाई समेत अस्पतालहरुले उपचारमा लिन नमानिरहेको समयमा झापाको बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालले भने सबै किसिमका बिरामीको उपचारका लागि २४ सै घण्टा अस्पताल खुल्ला रहेको जनाएको छ ।

बिहीबार विज्ञप्ति जारी गर्दै अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले कतिपय व्यक्तिले उपचार गर्न नमानेको भनेर अफवाह फैलाएको भन्दै अहिले पनि २४ सै घण्टा जस्तोसुकै समस्याको पनि उपचार गर्न चिकित्सक र अस्पताल तयार रहेको बताएका छन् ।

‘हाम्रो काम भनेकै बिरामीलाई सेवा दिने हो, रोग लागेर विरामी अस्पताल आउँदा अस्पताल भाग्ने कुरै भएन,’ निर्देशक प्रसाईले भने ‘हामीले २४ सै घण्टा उपचकारका लागि चिकित्सकलाई खटाएका छौँ ।’ अस्पतालमा आइसोलेसन, भेण्टिलेटर र आईसीयू सहितका सबै सेवा र दक्ष चिकित्सक भएकाले कुनै पनि रोगका विरामी उपचारका लागि अस्पताल आए जुनै समय पनि सेवा दिन अस्पताल सँधै तयार रहने निर्देशक प्रसाईको भनाई छ ।

उनले अफवाह फैलाउँनेको भ्रममा नपर्न आग्रह गर्दै बिरामी भए ढुक्क सँग अस्पताल आउन नागरिकलाई आग्रह समेत गरे । कोरोनाबिरुद्ध सरकारले अवलम्बन गरेको अभियानमा साथ दिन अस्पताल सँधै तयार रहेकाले नागरिकलाई यो समयमा नआति स्वास्थ्य सेवा लिन र आफ्नो पनि ख्याल गर्न अस्पतालले सुझाव समेत दिएको छ । सरकारलाई आवस्यक परेको समयमा आफ्नो अस्पताललाई कोरोना उपचार केन्द्र बनाउँन दिन तयार रहेको यस अघिनै अस्पतालले घोषणा समेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘म यो घटनाको निर्दोष पात्र हुँ र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ’

काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले

विद्यालय बससँग मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु, दुई घाइते

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–८ काशीटारमा विद्यालयको बससँग दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको

मुद्दा जिताइदिन्छु भन्दै ३० लाख ठगेर फरार भएका व्यक्ति पक्राउ

काठमाडौं । थुनामा रहेका व्यक्ति छुटाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग लाखौं रुपैयाँ लिएर फरार

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले लिए अनुमति

  काठमाडौँ । सन् २०२४ को वसन्त याममा सगरमाथा आरोहणका लागि चार सय