चिनियाँ दूतावासद्वारा कोरोनाको उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री नेपाललाई हस्तान्तरण



काठमाडौं । चीनले कोभिड १९ को रोकथाम एवं उपचारमा प्रयोग हुने मास्क लगायतका स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगी ती सामग्री स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेकी हुन् ।

यी समान सिचुवान प्रान्त तथा चिनियाँ दूतावास, अलिबाब फाउण्डेसन, ज्याकमा फाउण्डेसन, चाइना सिएमएमसी इन्जिनियरिङ कम्पनी, सिचुवान ग्रुप, होङ्सी सिमेन्ट कम्पनी लगायतले पठाएका हुन् । अहिले सिचुवान प्रान्तले पठाएका सबै सामान र ज्याक माले पठाएका एन ९५ मास्क आइपुगेको छ । सिचुवान प्रान्तले पठाएका सामानमा दुई हजार थान एन ९५ मास्क, २४ हजार थान सर्जिकल मास्क, ५०० थान प्रोटेक्टिभ गगल्स, ५३० थान प्रोटेक्टिभ कपडा लगायत छन् ।

यस्तै ज्याक माको अलिबाबा र ज्याम मा फाउण्डेसनले १ लाख २०० थान एन ९५ मास्क पठाएका छन् । चिनियाँ प्रदेश र संघसंस्थाले दिएको बाँकी सामान भने अप्रिल दुईमा आउने समेत दूतावासले जनाएको छ । कार्यक्रमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले संकटको बेला छिमेकी मित्रको हिसाबले चीनले गरेको सहयोग नेपाली जनताले सधैं सम्झिरहने बताए । चिनियाँ राजदूत होउले चीन नेपालको असल मित्र भएकाले चाहिए जति सहयोग गर्ने बताए ।

यस्तै सरकारले चीनबाट खरिद गरेका ११ प्रकारका स्वास्थ्य सामग्री पनि नेपाल आइपुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार पहिलो चरणमा सामग्रीहरू ल्याइएको हो । सबै सामग्री नेपाल सरकारले आफैंले किनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशमा बन्यो १४ सदस्यीय मन्त्रिपरिषद, थप चार मन्त्रीले लिए शपथ

बागमती । बागमती प्रदेशमा नेपाली कांग्रेसका थपचार मन्त्रीले शपथ लिएका छन् । शनिबार

तरकारीखेतीबाट नाम र दाम दुवै

गलकोट ।  कुनै समय निर्माण क्षेत्रमा ज्याला मजदुरी गर्ने बागलुङ नगरपालिका–९ तित्याङका पदम

रक्तसञ्चार सेवा: विगत, वर्तमान र भविष्य

प्रा. सुदर्शनप्रसाद नेपाल नेपाल रेडक्रस सोसाइटी (नेरेसो) स्थापना भएको तीन वर्षपछि अर्थात् २०२३

चीनतर्फ एक अर्ब ९६ करोडको सामान निर्यात हुँदा चीनबाट एकवर्षमा ६५ अर्बको सामान आयात

  रसुवा । गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट ६५ अर्ब २२ करोड ६३