फेरि भेटियो १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या पाँच पुग्यो



काठमाडौं । नेपालमा अर्का एक जना कोरोना संक्रमित भेटिएका छन् । १९ वर्षीया युवतीमा कोरोना पोजेटिभ देखिएको हो । बेल्जियमबाट चैत चार गते आएकी युवतीमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

उनी चिकित्सकको सम्पर्कमा रहेको र अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ । चीनबाट आएका एक जना उपचार गरी निको भई घर फर्किसकेका छन् भने दुई जनाको टेकुमा, एक जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

गोरखामा भएको मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको

सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना