ल हेर्नुस् यी हुन् मास्क कालोबजारी गर्नेहरु



काठमाडौं । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहेका बेला प्रहरीले ठूलो परिमाणमा सर्जिकल मास्क बरामद गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौंको कपन, र सतुंगल क्षेत्रबाट कृत्रिम अभाव सिर्जनागरी बढी मूल्यमा विक्रीगर्न लुकाइराखेको सर्जिकल मास्क बरामद गरेको हो ।

प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी काठमाडौंको सतुंगलबाट ८ लाख ४० हजार थान मास्क बरामद गरेको जनाएको छ । त्यस्तै प्रहरीले आइतबार ३ रुपैयाँ २५ पैसा पर्ने मास्कलाई ३१ रुपैयाँमा विक्री गर्न लागिरहेको काठमाडौंको कपनस्थित मिलनचोकबाट १ लाख ६८ हजार थान मास्क सहित ५ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले दुईदिनमा १० लाख ८ हजार थान मास्क बरामद गरिएको जानकारी दिए । पक्राउ पर्नेमा ओखलढुंगाका टेकराम श्रेष्ठ, बाराका सञ्जय रेग्मी, चितवनका अजिम बक्स मिया, आरडिजि इन्टरनेशनल सप्लायर्सका सञ्चालक सुरज गोयल र आरडिजिका अर्का सञ्चालक भारत राजस्थानका ३७ सुवास महेश्वरी छन् । प्रहरीले उनीहरुमाथि कालो बजारी तथा सामाजिक हित बिरुद्धको अपराध ऐन अन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।