आयल निगमका कार्यकारी निर्देशक भन्छन् -ग्यासका लागि लाइन बस्नु पर्दैन



काठमाडौं । नेपाल आयल निगमले दैनिक एक लाख सिलिण्डर ग्यास नेपाल भित्रिरहेकाले ग्यास लिन लाइन बस्नु पर्ने अवस्था नरहेको बताएको छ । आइतबार संसदको उद्योग तथा वाणिज्य र श्रम एवं उपभोक्ता हित समितिको  बैठकमा निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले आइतबार रक्सौल नाकाबाट मात्रै ८६ बुलेट ग्यास भन्सार पास भएर नेपाल आउने क्रममा रहेका भन्दै ग्यास लिनका लागि लाइन बस्नुनपर्ने बताएका हुन् ।

उनले नेपाल भित्रिएका मध्ये काठमाडौं उपत्यकामा ३८ वटा बुलेट आउने जानकारी दिए । निर्देशक पौडेलले फागुन २८ र २९ गते ३ सय १ बुलेट नेपाल भित्रिएका बताए । ग्यासको भण्डारण नभएका कारण माग बढी हुने वित्तिकै केही समस्या देखिने भएपनि अभाव नै नहुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने

राजदूत अधिकारीद्वारा टर्कीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । टर्कीका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति तैयप एर्दोगानसमक्ष

उदयपुरको रौतामा आगलागी, ५० लाखको क्षति

गाईघाट (उदयपुर) । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ मा आगलागी हुँदा दुई घर जलेका

स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका स्याङजा वालिङका शिव थापा व्यावसायिक रूपमा