कालोबजारी गर्ने कुन-कुन फार्मेसी कारबाहीमा परे ?(सूचीसहित)



काठमाडौं । महामारीका रुपमा विश्वभर फैलिएको कोरोना भाइरसका कारण मास्क लगायतका औषधिजन्य बस्तुको कालोबजारी गर्नेमाथि सरकारले कारबाहीलाई तीव्र बनाएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन गरी कालोबजारी गर्नेमाथि कारबाही सुरु गरेको हो । विभागले अनुगनमका क्रममा महंगो मूल्यमा मास्क बिक्री गरेको पाइएपछि क्षेत्रपाटीमा रहेको आइज्याक हस्पिटेक सपोर्ट प्रालिलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ। बिहीबार विभागबाट गएको टोलीले अनुगमनका क्रममा आइज्याकले बढी मूूल्य लिएर मास्क तथा स्यानिटाइजर बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐनअनुसार जरिवाना गरिएको विभागले जनाएको छ ।

त्यसैगरी विभागले क्षेत्रपाटीको एमजे मेडिकलको सर्जिकललाई २० हजार र महाबौद्धको आरएफ फार्मेसीलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ । विभागको टोलीले बिहीबार ७ वटा फार्मेसीमा अनुगमन गरेको थियो । त्यसमध्ये विनायक सर्जिकल, दीप सर्जिकल सप्लायर्स र अविमा सर्जिकल सामान्य अवस्थामा पाइएको छ ।

त्यस्तै वीर अस्पतालमा रहेको आयुष फार्मेसीलाई पनि विभागले २ लाख रुपैयाँ जरिवाना गरेको छ । कोरोना भाइरस संक्रमणको त्रासमा सर्जिकल मास्क, स्यानिटाइजरलगायतका वस्तुको बजार माग बढेको छ । यसको फाइदा उठाउँदै व्यापारीले त्यस्ता वस्तु लुकाउने र बढी मूल्यमा बिक्री गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

  काठमाडौँ ।  पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा

न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छिटो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्नमा

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका