कोरोनाको त्रासः त्रिभुवन विमानस्थल तथा सीमामा चेकचाँजमा कडाई, सभा, सम्मेलन नगर्न सरकारको आग्रह



काठमाडौं । कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले सभा, सम्मेलन र भोजभतेर जस्ता धेरै मानिस भेला हुने कार्यक्रम नगर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विगत तीन महिनामा हासिल गरेका उपलब्धि सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य, तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको जोखिम बढेकाले सभा, सम्मेलन र भोजभतेर नगर्न आग्रह आग्रह गरेका हुन् ।

मन्त्री ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा खुला सीमानाबाट आउने र जाने प्रत्येक व्यक्तिहरुलाई चेकचाँजमा कडाई गर्ने तयारी गरेको जानकारी दिए । मन्त्री ढकालले देशबाहिर जाने व्यक्तिहरुलाई चेकजाँच गरी कोरोना संक्रमण छैन भनेर एकिन गरेपछि मात्रै पठाउने तयारी पनि सरकारले गरेको छ ।

कुनै व्यक्तिमा संक्रमण देखिएमा विभिन्न अस्पतालमा उपचारको आवश्यक व्यवस्था गरिएको उनले बताए । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य जनशक्ति बढाउने तयारी गरेको छ । त्यस्तै सरकारले कोरोना सङ्क्रमण रोक्न सातै प्रदेशमा आवश्यक सामग्रीसहित प्रदेश सरकारसँग समन्वय गरी त्यहाँ रहेका नाकाहरुमा आवश्यक निगरानीको व्यवस्था मिलाउन स्वास्थ्य टोली परिचालन गरेको छ ।

विश्वमा हाल फैलिएको कोरोना सङ्क्रमणको रोकथाम, शीघ्र पहिचान, निगरानी तथा व्यवस्थापन गर्न सहज हुने उद्देश्यले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार प्रोटोकल तथा कार्ययोजना तयार गरेको मन्त्रालयले जनाएको छ ।

विभिन्न निकायसँगको समन्वयमा चीनको वुहान प्रान्तमा रहेका १७५ विद्यार्थीलाई नेपाल ल्याई १४ दिन क्वारेन्टाइनमा राखिएकामा यही फागुन १७ गते अन्तिम पटकको नमूना परीक्षण गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वास्थ्य कक्षलाई थप जनशक्ति तथा तीनवटा इन्फ्रारेड रेडिएशन थर्माेमिटर थप गरी सबै प्रभावित मुलुकबाट नेपाल आउने यात्रुको अनिवार्य जाँच गर्ने प्रबन्ध मिलाइएको मन्त्री भानुभक्त ढकालले जानकारी दिए ।

यसैगरी कोरोना सङ्क्रमणको रोक्न तातोपानी र रसुवागढी नाकामा चिकित्सक खटाइएको छ भने कोरोना व्यवस्थापनका लागि आवश्यक सामग्रीको मौज्दात थप गरिएको उनले बताए । उपत्यकाका सबै अस्पतालसँग विभिन्न चरणमा पूर्व तयारीका लागि बैठक तथा छलफल गरिएको छ । यही १७ गते प्रधानमन्त्री निवासमा सम्पन्न उच्चस्तरीय बैठकबाट प्राप्त सुझावका आधारमा मन्त्रालयबाट थप योजना बनाई कार्यान्वयन गर्ने तयारी गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘इआरएस टावर’ प्रयोग गरी खिम्ती–लामोसाँघु प्रसारण लाइन सञ्चालन

काठमाडौँ । गत असोज ११ र १२ को अविरल वर्षाका कारण तामाकोसी नदीमा

राजनीतिक सहमतिकासाथ संविधान संशोधन प्रक्रिया अगाडि बढ्छः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रारम्भिक सय दिनमा गरेका कामका आधारमा वर्तमान सरकार

न्यायलयमाथि दबाब दिने रास्वपाको गतिविधिप्रति सत्ता साझेदार दलहरुको असहमति

काठमाडौँ । सत्ता समीकरणमा रहेका दलले सहकारी ठगीमा पक्राउ परेका रास्वपाका सभापति रवि

मुस्ताङमा दुई विदेशी नागरिकको मृत्यु

    म्याग्दी । मुस्ताङको छुट्टाछुट्टै स्थानमा शुक्रबार एक पर्यटक र एक तीर्थयात्री