द्रुत न्याय सम्पादनका लागि सर्वोच्च अदालत तयारः प्रधानन्यायाधीश



वलेवा । प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले न्यायालयको सुधारका लागि बनेको पञ्चवर्षीय रणनीतिक योजना कार्यान्वयनको चरणमा प्रवेश गरेको बताएका छन् ।

जिल्ला अदालत बागलुङको नवनिर्मित भवनको सोमबार उद्घाटन गर्दै प्रधानन्यायाधीश राणाले आपूm प्रधानन्यायाधिश हुनुपूर्व संसदीय सुनुवाइको समयमा गरेका प्रतिबद्धता पूरा गर्ने क्रममा न्यायालयमा सुधारका लागि बनाउने भनिएको रणनीतिक योजना तयार गरेर कार्यान्वयन गर्न लागिएको बताएका हुन् ।

उनले सबै नेपालीको न्यायमा पहुँच विस्तारका लागि आपूmले योजना बनाइरहेको बताए । न्यायालयमा सुशासन कायम गर्न कुनै कसर बाँकी राख्न नहुने भन्दै उनले न्यायालयले दिने सेवा सर्वसाधारणलाई मान्य हुनुपर्ने बताए । पछिल्लो समय सर्वोच्च अदालतले सातामा दुई पटक अतिरिक्त इजलाश सञ्चालन गरेर न्याय सम्पादनलाई थप प्रभावकारी र द्रूत बनाएको उनको भनाइ थियो ।

न्यायालयले समयमा निर्णय दिन नसकेका कारण कोही कसैले पनि दुःख पाउन नहुने भन्दै उनले सकेसम्म द्रुत न्याय सम्पादनका लागि सर्वोच्च अदालत तयार रहेको बताए ।

सात करोड ५५ लाख ५६ हजार रुपैयाँको लागतमा निर्माण गरिएको भवनको तत्कालिन प्रधानन्यायाधिश कल्याण श्रेष्ठले शिलान्याश गरेका थिए । चार रोपनी तीन आना जमिनमा बनेको तीनतले भवनमा २७ कोठा छन् । विसं २०७१ मा सुरु भएर २०७४ मा सकिने भनिएको भवन दुई पटक म्याद थप गरी २०७६ मा निर्माण सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चार लाख २६ हजार पर्यटकद्वारा एकवर्षमा मुस्ताङ भ्रमण

म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४

उपनिर्वाचनमा सहयोग पु–याउन निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष,

अरुण नदीमा अवरुद्ध फेरी सञ्चालनमा

किमाथाङ्का (सङ्खुवासभा) । सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ सतिघाटस्थित अरुण नदीको फेरी

ताक्लाकोट जान सीमा पास लिने बढ्दै

सिमकोट (हुम्ला) । छिमेकी मुलुक चीनको पुराङ काउन्टीको ताक्लाकोट जानका लागि सीमा पास