अर्थमन्त्री ज्यू, ‘बहस कहाँ गरौं–संसदमा, विश्वविद्यालयमा वा माइतीघर मण्डलामा ?’



काठमाडौं । नेपाली कांग्रेस नेता गगन थापाले पुस्तकमा लगाइएको करबारे अर्थमन्त्री डा. युवराज खतिवडाको भनाइप्रति आपत्ति जनाएका छन् ।

मन्त्री खतिवडाले ‘पुस्तकमा लगाइएको कर हट्दैन, बरु बहस गर्न तयार छु’ भनेको भोलिपल्ट थापाले सामाजिक संजाल फेसबुकमार्फत आफू बहस गर्न तयार रहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘विद्धान अर्थमन्त्रीज्यूले भन्नुभएछ– पुस्तकमा कर लगाएको हो, ज्ञानमा होइन, करको विषयमा बहस गर्न तयार छु, ‘बहस कहाँ गरौं–संसदमा, विश्वविद्यालयमा वा माइतीघर मण्डलामा ?’


संचार मन्त्रालयको कार्यभार सम्हालेपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा खतिवडाले सरकारले ज्ञानमा नभई पुस्तकको व्यापारमा कर लगाइएको बताएका थिए । उनले भने, “पुस्तकको व्यापार पनि व्यापार हो, ज्ञान व्यापार होइन, पुस्तक बेचेर कमाएको नाफामा कर लाग्छ, यसमा दिग्भ्रमित नहुनुहोस्” ।

उहाँले ठूलो लगानीमा देशभित्र छापाखाना स्थापना भएको, कागजमा उनीहरुले कर तिरेको, सामान आयात गर्दा कर लागेको प्रसङ्ग जोड्दै स्वदेशी उद्योगको संरक्षण गर्ने लक्ष्यका साथ सरकार लागीपरेको बताएका थिए ।
उनले एउटा पुस्तकबाट ३० देखि ४० प्रतिशत कमिसन लिन मिल्ने तर १० प्रतिशत कर तिर्दा किन समस्या भन्दै मन्त्री प्रश्न गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी-२० आई सिरिजमा नेपालद्वारा अमेरिका १७ रनले पराजित

काठमाडौं । पहिलो टी–२० आई खेलमा नेपालले घरेलु टोली अमेरिकालाई पराजित गरेको छ

मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज

दैलेख । जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका-५ कासिकाँध गडीगाउँ पुग्दा जोकोहीको

घोडेपानीमा आन्तरिक पर्यटकलाई छुट

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल घोडेपानीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई

लामखुट्टेविरुद्धको विषादीबारे अनुसन्धान गरिँदै

कञ्चनपुर । औलो सार्ने लामखुट्टेविरुद्ध प्रयोग हुँदै आएको किटनाशक विषादीको प्रभावकारिताबारे सुदूरपश्चिम प्रदेशका