के छ सरकारले जारी गरेको नेपाल ट्रष्टको श्वेतपत्रमा ? (श्वेतपत्रसहित)
काठमाडौं । सरकारले नेपाल ट्रष्टको नाममा रहेको चल अचल सम्पत्ति विवरण श्वेतपत्रमार्फत सार्वजनिक गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार पत्रकार सम्मेलन गरी श्वेतपत्र जारी गरेका हुन् ।
गोकर्ण रिसोर्टसहित नेपाल ट्रष्टका अधिकांश जग्गा यती समूहले लिजमा पाएको खुल्दै गएपछि सरकारले मंगलबार श्वेतपत्र जारी गरेको हो । तत्कालिन राजा वीरेन्द्रको परिवारका नाममा रहेको २१ हजार ५६२ रोपनी जग्गा नेपाल ट्रष्टको स्वामित्वमा आएको श्वेतपत्रमा उल्लेख छ ।
सो मध्ये सबैभन्दा बढी ४ हजार ४४२ रोपनी जग्गा काठमाडौं जिल्लामा मात्रै भेटिएको छ । श्वेतपत्रमा दरबारमार्ग र ताहाचलको जग्गा यती होल्डिङलाई लिजमा दिँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवा प्रधानमन्त्री रहेको उल्लेख छ ।
यती समूहले गोकर्ण रिसोर्ट लिज अवधि ५ वर्ष बाँकी रहँदै थप २५ वर्षलाई पाएपछि सरकारमाथि प्रश्न उठेको थियो । पोखरेलले गोकर्ण रिसोर्ट लिजमा दिने निर्णयले सरकारलाई लाभ मिल्ने उल्लेख गरेका छन् ।