संचारमन्त्रीले कमिशन मागेको अडियो सार्वजनिक



काठमाडौं । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनका लागि सेटिङ गरेको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री अप्ठ्यारोमा परेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका निकट मानिएका र सरकारको प्रतिरक्षाका लागि खरो उत्रिने मन्त्री बास्कोटाले नै कमिशन मागेको अडियो सार्वजनिक भएपछि बास्कोटा त नैतिक संकटमा परेका छन् नै प्रधानमन्त्री पनि अप्ठ्यारोमा परेका छन् ।

हाम्राकुरा डट कमनागरिक दैनिकले मन्त्री बाँस्कोटाले सेक्युरिटि प्रिन्टिङ प्रेसको खरिदमा आफूले ७० करोड कमिसन पाउनगरि सेटिङ् गरिरहेको अडियोसहितको समाचार प्रकाशित गरेका छन् । यो प्रकरण बाहिरिए लगत्तै राजनीतिक बृत्तमा त ठूलो खैला बैला मच्चिएकै छ, भष्ट्राचारविरुद्ध शून्य सहनशीलताको सरकारी नारामाथि पनि प्रश्न उठ्न थालेको छ ।

राप्रपा अध्यक्ष कमल थापाले मन्त्री बाँस्कोटालाई पदबाट हटाएर निष्पक्ष छानविनको माग गरेका छन् ।

आफू प्रधानमन्त्रीको शुभचिन्तक रहेको भन्दै अध्यक्ष थापाले बाँस्कोटाका सम्बन्धमा सार्वजनिक भएको अडियोलाई लिएर छानविन गर्नु पर्ने माग राखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा

न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छिटो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्नमा

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ