‘जनयुद्ध’का बेला गिरिजाप्रसाद कोइराला सदरमुकाममा अलि ठूला आक्रमण गर्न भन्नुहुन्थ्यो : प्रचण्ड



काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ’जनयुद्ध’ का बेला नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले फौजी आक्रमण बढाउन आफूलाई सुझाव दिने गरेको बताएका छन् ।

तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको ’जनयुद्ध’ दिवसको अवसरमा बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जलीसभामा अध्यक्ष प्रचण्डले जनआन्दोलन र जनयुद्ध सँगै चलेको समयमा कोइरालाले फौजी आक्रमण बढाउन सुझाव दिएको बताएका हुन् ।

उनले भने,‘त्यतिवेला कोइराला र मेरोबीचमा दिनदिनै छिनछिनै टेलिफोनमा कुरा हुन्थ्यो, अलि सदरमुकाम हान्नुपर्यो, ठूला आक्रमण गर्नुपर्यो भन्नुहुन्थ्यो, यो संसारमा विरलै हुन्छ, यहीबाटै दुई सय ४० वर्ष सामन्ती राजतन्त्र हटाउन मद्दत पुग्यो।’

उनले तत्कालीन एमाले र माओवादीबीच संविधान निर्माणतर्फ जाने भन्ने सहमतिकै जगमा कांग्रेससँग पनि मिल्न पुगेको बताए । उनले विश्वका अन्य मुलुकमा शान्ति प्रक्रिया पूरा हुन नसकेको र विद्रोहीका प्रमुख नेता नै मारिएको उल्लेख गर्दै आफूहरु शौभाग्यशाली भएर नेपालमा सशस्त्र विद्रोहलाई शान्तिपूर्ण वातावरणमा ल्याउन सफल भएको बताए ।

कार्यक्रममा नेकपा उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेताहरु अमृत बोहरा, युवराज ज्ञवाली, पम्फा भुसाल लगायत नेताहरु तथा कार्यकर्ताहरुको उपस्थिति थियो । प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रममा जाने भनेपनि अन्तिम समयमा गएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको

चार लाख २६ हजार पर्यटकद्वारा एकवर्षमा मुस्ताङ भ्रमण

म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४

उपनिर्वाचनमा सहयोग पु–याउन निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष,

अरुण नदीमा अवरुद्ध फेरी सञ्चालनमा

किमाथाङ्का (सङ्खुवासभा) । सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ सतिघाटस्थित अरुण नदीको फेरी