गायिका आस्था राउत चार हजार धरौटीमा रिहा



काठमाडौं । गायिका आस्था राउत चार हजार रूपैयाँ धरौटीमा रिहा भएकी छन् । अभद्र व्यवहार सम्बन्धी कसूरमा पक्राउ परेकी राउतलाई काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले चार हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएका हुन् ।

माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठमाथि दुव्र्यवहार गरेको आरोप लागेको थियो । श्रेष्ठले जाहेरी दिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ ५ गते राउतविरूद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

आफूमाथि दुव्र्यवहार गरेको भन्दै विमानस्थलमा कार्यरत महिला प्रहरीले जाहेरी दिएपछि राउतविरूद्ध पक्राउ पूर्जी जारी भएको थियो । राउत आइतबार आफैं अविभावकसँग महानगरीय प्रहरी परिसर पुगेकी थिइन् ।

राउतलाई जिल्ला प्रशासन कार्यालयले चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो । राउत पक्राउको सर्वत्र विरोध भएको थियो । त्यसपछि आजै राउतलाई जिल्ला प्रशासन कार्यालयले धरौटीमा रिहा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको

चार लाख २६ हजार पर्यटकद्वारा एकवर्षमा मुस्ताङ भ्रमण

म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४

उपनिर्वाचनमा सहयोग पु–याउन निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष,

अरुण नदीमा अवरुद्ध फेरी सञ्चालनमा

किमाथाङ्का (सङ्खुवासभा) । सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ सतिघाटस्थित अरुण नदीको फेरी