सभामुखको उम्मेदवार चयन गर्न नेकपाले बोलायो सचिवालय बैठक



काठमाडौँ । सत्तारुढ नेकपाले सभामुखको उम्मेदवार चयन गर्न सचिवालय बैठक बोलाएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार बिहान भएको बैठकमा  सचिवालय बैठक बोलाउने सहमति भएको हो ।

नेकपाका अध्यक्षद्वयको बैठकले सभामुखबारे छलफल गर्नका लागि आज अपरान्ह चार बजे सचिवालय बैठक बोलाएको नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिएका छन् ।

सभामुख कृष्णबहादुर महरालाई संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोप लागेपछि असोजदेखि सभामुख पद रिक्त छ । सभामुखको प्रस्ताव अध्यक्ष ओलीले गर्ने कि प्रचण्डले भन्नेमा नेकपामा विवाद छ ।

जसका कारण पुस ४ गते बोलाइएको हिउँदे अधिवेशन पहिलो बैठकपछि पटक पटक सूचना टाँसेर स्थगित भएको छ । सभामुखमा सुवास नेम्वाङ, अग्नी सापकोटा, देव गुरुङ, उपसभामुख शिवमाया तुम्बाहाङ्फेको नाम चर्चामा छ ।

प्रतिनिधिसभा बैठक भोलिका लागि बोलाइएको छ । भोलिको बैठकमा सभामुख निर्वाचन प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका स्याङजा वालिङका शिव थापा व्यावसायिक रूपमा

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई ४८ करोड भुक्तानी गरेको छ ।

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना

नेपाली सेनाले माग्यो प्राविधिक, हवाइ र विविध सेवातर्फ तीनसय भन्दाबढी कर्मचारी

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा भर्ना खुला गरेको छ । भर्ना छनोट