अवैध रुपमा नेपाल भित्रिएको रक्तचन्दन ९० दिनभित्र भारतलाई फिर्ता गरिने



काठमाडौं । अवैध रुपमा नेपाल भित्रिएको रक्तचन्दन आगामी ९० दिनभित्र भारत फिर्ता गरिने भएको छ । पुस २८ गते बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिएका हुन् ।

नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत भारतका सम्बन्धित अधिकारीलाई ‘साइटिस’ अभिसन्धि अनुसार कूल एक लाख ७३ हजार ७२ केजी रक्तचन्दन फिर्ता गर्न लागिएको हो । ‘संकटापन्न वन्यजन्तु तथा वनस्पतीको अन्तरराष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३’ को दफा ३० अनुसार ती रक्तचन्दनका काठ जेजस्तो अवस्थामा रहेको भएपनि फिर्ता गर्ने निर्णय भएको हो ।

बास्कोटाले जेजस्तो अवस्था र स्थानमा छ, सोही अवस्था र स्थानबाट आफ्नै खर्चमा ९० दिनभित्र रक्तचन्दन उत्पत्ति भएको मुलुक भारत फिर्ता लैजान स्वीकृति दिइएको जानकारी दिए । अवैध तरिकाले भित्र्याइएका रक्तचन्दन पक्राउका लागि सरकारले प्रहरी जनशक्ति परिचालन गर्नुपरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनाङ आउने पर्यटकको रोजाइमा होमस्टे

  मनाङ । पछिल्लो समय भ्रमणका क्रममा बसोबासका लागि घरबास (होमस्टे) रोजाइमा पर्ने

सुनकोसी मरिण डाइभर्सनको सुरुङ छिचोल्न एक सय १० मिटर मात्र बाँकी, वैशाख २६ गते ‘ब्रेक थ्रु’ गरिने

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण

सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व

  काठमाडौँ ।  वसन्तयाममा सर्वोच्च शिखर सगरमाथा आरोण गर्नेबाट  ५० करोडभन्दा बढी राजस्व

तामाकोशीमा पौडी खेल्ने क्रममा दोलखाको गौरीशंकरका दुई युवा बेपत्ता

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ खारेका दुई युवा तामाकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता