निर्जीवन बीमाका लागि बीमा समितिले तोक्यो बीमा कम्पनी(सूचीसहित)
काठमाडौं । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई जिल्ला तोकेर बाली तथा पशुपन्छी बीमाका लागि काम गर्न निर्देशन दिएको छ । बाली तथा पशुपन्छी बीमा व्यववसायलाई प्रवद्र्धन गर्नको लागि बीमा समितिले सबै जिल्लामा कम्तीमा एक बीमा कम्पनीको उपस्थिति अनिवार्य गर्न जिल्ला तोकेरै कम्पनीहरुलाई सेवा विस्तार गर्न निर्देशन दिएको हो ।
बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईले ७५ जिल्लामा तोकेरै बीमा कम्पनीहरुलाई जान निर्देशन दिएको बताए । काठमाडौं र भक्तपुरमा भने सबै कम्पनीले आफ्नो इच्छा अनुसार सेवा विस्तार गर्न सक्ने छन् ।
उनले नेपालमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीको व्यवसाय विस्तार र सरकारले किसानहरुलाई दिने बीमा अनुदानको प्रभावकारी कार्यान्वयनका लागि समितिले यस्तो निर्देशन दिएको बताए । त्यस्तै समितिले बीमा कम्पनीहरुलाई गाउँगाउँमा घुम्ती सेवामार्फत कृषि, बाली तथा पशुपन्छी बीमा सम्बन्धी सेवा उपलब्ध गराउन समेत निर्देशन दिएको छ ।
समितिले गाउँगाउँमा कार्यालय खोलेर सेवा दिन उपयुक्त नभएमा स्थानीय तहसँग सहकार्य गरी बीमाको सुविधा दिने अभियान नै सञ्चालन गरिएको अध्यक्ष चापागाईले बताए ।
तोकिएको जिल्लामा अनिवार्य घुम्ती सेवा उपलब्ध गराउन पनि समितिले सबै बीमा कम्पनीलाई निर्देशन दिइसकेको छ । अध्यक्ष चापागईले यसबाट कृषि बीमाको पहुँच सबैठाउँमा पुग्ने र सरकारले कृषिका लागि दिएको बीमा अनुदानको उपयोग हुने समेत बताए । यो अभियानले बीमको पहुँच बढ्ने समेत बताउनुभयो । सरकारले कृषि तथा पशुपक्षीं बीमामा प्रिमियमको ७५ प्रतिशत अनुदान दिदै आएको छ ।
कुन जिल्लामा कुन बीमा कम्पनी ?
नेपाल इन्स्योरेन्स कम्पनी लि. : दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर
राष्ट्रिय बीमा कम्पनी लि.: बझाङ, डोटी, कैलाली
यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. : हुम्ला, बाजुरा, अछाम
एभरेष्ट इन्स्योरेन्स कम्पनी : कालिकोट, दैलेख, सुर्खेत, बर्दिया
सगरमाथा इन्स्योरेन्स कम्पनी : मुगु, जाजरकोट, जुम्ला
एन एल जी इन्स्योरेन्स लि. : डोल्पा, रुकुम पश्चिम, सल्यान, बाँके
प्रभु इन्स्योरेन्स लि. : मुस्ताङ, म्याग्दी बाग्लुङ, स्याङ्जा
सिद्धार्थ इन्स्योरेन्स लि. : मनाङ, कास्की, पाल्पा, रुपन्देही
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि. : गोरखा, लमजुङ, तनहुँ, परासी
शिखर इन्स्योरेन्स कम्पनी लि. : चितवन, मकवानपुर, धादिङ, नुवाकोट
हिमालयन जनरल इन्स्योरेन्स क. लि. : सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, बारा
प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लि. : दोलखा, रामेछाप, सिन्धुली, सर्लाही
आइएमई जनरल इन्स्योरेन्स लि. : सोलुखुम्बु, ओखलढुंगा, महोत्तरी, धनुषा
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. : संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर
नेको इन्स्योरेन्स लि. : ताप्लेजुङ, पाँचथर, इलाम, झापा
दि ओरिएण्टल इन्स्योरेन्स कम्पनी लि. : धनकुटा, सुनसरी, तेह्रथुम, सप्तरी
नेशनल इन्स्योरेन्स कम्पनी लि. : रोल्पा, प्युठान, दाङ, अर्घाखाँची
सानिमा जनरल इन्स्योरेन्स लि. : कपिलवस्तु, नवलपुर, मोरङ
जनरल इन्स्योरेन्स कम्पनी लि. : रसुवा, सिरहा, पर्सा
अजोड इन्स्योरेन्स कम्पनी लि. : गुल्मी, पर्वत, पूर्वी रुकुम, रौतहट