नेकपाको स्थायी कमिटी बैठकः प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सोमबारदेखि छलफल हुने



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । अध्यक्ष प्रचण्डले वर्तमान परिस्थिति, राजनीतिक घटनाक्रम, पार्टीको आगामी नीतिलगायत विषय समेटिएको प्रतिवेदन १७ पुष्ठ लामो प्रतिवेदन बैठकमा पेश गरेका हुन् । प्रतिवेदनमाथि सोमबारदेखि छलफल हुनेछ ।

आइतबारको बैठक करिब दुई घण्टा चलेर स्थगित भएको छ । बैठकमा महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पनि पेश गरेका छन् ।

प्रतिवेदनमा प्रचण्डले पार्टीको बैठक समयमा गर्न नसकेकोमा आत्मालोचना गर्दै अब यस्तो नगर्ने प्रतिवद्धता जनाएका एक सदस्यले जानकारी दिएका छन् । बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भने स्वास्थ्यका कारण उपस्थित भएका थिएनन् ।

यसअघि आइतबारै विहान बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकका लागि पाँच एजेन्डा तय गरेको थियो । राजनीतिक प्रतिवेदन पेश, केन्द्रीय कमिटी बैठक बोलाउने, नेपाल भारत सीमा विवाद, विधान संशोधन र अन्य एजेन्डा छलफलका लागि तय गरेको थियो । नेकपाको स्थायी कमिटीको बैठक एकवर्ष पछि बसेको हो । नेकपाको स्थायी कमिटी ४५ सदस्यीय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका स्याङजा वालिङका शिव थापा व्यावसायिक रूपमा

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई ४८ करोड भुक्तानी गरेको छ ।

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना

नेपाली सेनाले माग्यो प्राविधिक, हवाइ र विविध सेवातर्फ तीनसय भन्दाबढी कर्मचारी

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा भर्ना खुला गरेको छ । भर्ना छनोट