नेकपाको सचिवालय बैठक सुरु, बैठकले मन्त्रिपरिषद्मा थप हुने सदस्यको टुंगो लगाउने
काठमाडौं । मन्त्रिपरिषद पुनर्गठनको अन्तिम तयारीबारे छलफल गर्न नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा मन्त्रिपरिषदमा थप हुने सदस्यहरुको टुंगो लाग्ने बताइएको छ ।
सचिवालय बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच छुट्टै छलफल भएको छ । दुबै नेताले छलफलपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत विहान भेट गरेका थिए ।