नयाँ मन्त्रीहरुको नाम टुंगो लगाउन नेकपाको सचिवालय बैठक बस्दै



काठमाडौं । नयाँ मन्त्रीहरुको नामावली टुंगो लगाउन आज नेकपा सचिवालय बैठक बस्दैछ । बिहान ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालय बैठक बोलाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मन्त्रिपरिषद्को बैठकमा मन्त्री हेरफेरको जानकारी गराएका थिए । मन्त्रिपरिषद् बैठकको अन्त्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री हेरफेर गर्ने औपचारिक जानकारी दिए ।

त्यसो त पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आइतबारको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनःगठन गर्न लागेको जानकारी गराएका थिए । त्यसपूर्व पनि प्रधानमन्त्री ओलीले मन्त्री हेरफेरबारे पार्टीका शीर्ष नेतासँग परामर्श पनि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अनुदान नपाएपछि किसानले दूध बेच्न किने ‘ट्रक’

तनहुँ । व्यास नगरपालिका–१० दुम्सीका पशुपालक किसानले अनुदानको आशा नराखी कृषि उपज बिक्री

बाँकेमा चिसो बढेपछि जनजीवन प्रभावित

खजुरा (बाँके) । पश्चिम तराईमा चिसो बढेपछि यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ

घुम्नैपर्ने एक सय गन्तव्यमध्येको मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न महोत्सव

भोजपुर ।  मुन्दुम पदमार्गको प्रवर्द्धन गर्न महोत्सव सुरु भएको छ। सरकारको घुम्नैपर्ने एक

सरकारविरुद्ध रणनीति तय गर्न विपक्षी दलहरुको संयुक्त बैठक सिंहदरबारमा

काठमाडौं । नेकपा माओवादी केन्द्रको आह्वानमा विपक्षी दलहरुको संयुक्त बैठक बसिरहेको छ ।