जाममा मृत्युः सरकार नभएको उदाहरण



ज्ञानबहादुर क्षेत्री ।
रौतहटको गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल साहले आफुमाथिको रोगलाई जित्थे की जित्दैन्थे ? त्यो फरक पाटो हो । किनभने उनी मृगौला रोग पीडित थिए ।

तर उनी आफूमाथिको रोगलाई जित्नैका लागि राजधानी भित्रिदै थिए । रौतहटबाट काठमाडाँै आउँदै गरेको ना ७ ख ५३६४ नम्बरको सार्वजनिक बसमा मिर्गाैला रोगी शाह उपचारका लागि काठमाडौँ आउदै थिए ।

तर अफसोच, सडक मर्मत र ठूला सवारीसाधनका कारण जनाउदै झण्डै ३० किलोमिटर क्षेत्रमा जाम लागेको कारण मृगौला रोगी शाहले राजधानी शहर छिर्न नपाउदै आफ्नो ईहलिला समाप्त गर्नु पर्यो ।

झण्डै ३० किलोमिटर क्षेत्रमा जाम लागेको कारण मृगौला रोगी शाहले राजधानी शहर छिर्न नपाउदै आफ्नो ईहलिला समाप्त गर्नु पर्यो ।

बिरामी शाहको थाक्रे गाउँपालिका–२ हुलाकडाँडास्थित राजमार्गमा बसभित्रै शुक्रवार मृत्यु भयो । जाममा फसेका बिरामी शाहको मृत्यु उपचार नपाएर मात्रै होईन, उपचार गराउने अस्पतालसम्म जान नपाएर भएको छ ।

धादिङ महादेवबँेसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बाबुलाल श्रेष्ठले उनको मृत्युको खबर पुष्टि गरिरहदा यो राजधानीका मिडियाका लागि एउटा औसत समाचार मात्रै बनिरहेको छ ।

दुवै मिर्गाैलाले काम गर्न छाडेपछि शाहलाई डायलसिसका लागि सार्वजनिक यातायातमा काठमाडाँै ल्याइँदै गर्दा वीच बाटोमा लागेको लामो जाममा १२ घण्टाभन्दा बढी समय कुर्नु पर्दा बिरामीको मृत्यु हुनु अस्वभाविक थिएन ।

तर धादिङको त्रिभुवन राजपथमा सडक मर्मत तथा ठूला सवारीसाधनले आवागमनमा बाधा पुर्याएपछि भएको जामका कारण शुक्रबार भएको बिरामी शाहको मृत्यु एक अकस्मात वा प्राकृतिक मुत्यु मात्रै होइन ।

ठूला सवारीसाधनले आवागमनमा बाधा पुर्याएपछि भएको जामका कारण शुक्रबार भएको बिरामी शाहको मृत्यु एक अकस्मात वा प्राकृतिक मुत्यु मात्रै होइन ।

उनको मृत्यु देशका ठूला राजमार्गहरुको दूरुह हालत र सडक यात्रीहरुले लामो दूरीका सडकहरुमा खेप्नु पर्ने शास्ती र खानु पर्ने हण्डरको एउटा विशाल संसार च्याउने सानो ऐना पनि हो ।

सार्वजनिक भएका समाचार विवरणहरुमा धादिङको त्रिभुवन राजपथमा सडक मर्मत तथा ठूला सवारीसाधनले आवागमनमा बाधा पुर्याएपछि भएको जामका कारण बिरामीको मृत्यु भएको भनिएको छ ।

ककसका , कस्ता कस्ता ठूला सवारी साधनले यस्तो जाम गरे ? यसरी १२ घण्टा बढीसम्म जाम गर्ने गरी त्यस्ता ठूला मालवाहक सवारीलाई सडक जाम गर्ने छुट कस्ले दियो ? त्यस्ता ठूला सवारी कहाँबाट कहाँसम्म जार्दै थिए ? तिनको निरीक्षण वा निगरानी ट्राफिक प्रहरीबाट किन सही समयमा भएन ?

त्यस्ता ठूला सवारी कहाँबाट कहाँसम्म जार्दै थिए ? तिनको निरीक्षण वा निगरानी ट्राफिक प्रहरीबाट किन सही समयमा भएन ?

यो घट्ना मृतक शाहको परिवारको लागि अपुरणीय दुखद क्षती मात्रै होईन, वर्तमान सरकारका यातायात व्यवस्था मन्त्री रघुवीर महासेठको मन्त्रालयको , उनको मन्त्रीत्वको र उनी मातहतका निकायको वेपर्वाह ैली उदाँग पार्ने दुखान्त सडक कथा पनि हो ।

भनिन्छ, देशको अवस्था बुझ्नु परे त्यो देशको सडकको हाल हेरे पुग्छ । उसै त नेपालका लामो वा छोटो दुरीका सबै सडक आफैमा समस्याग्रस्त छन, त्यसमाथि लामो दुरीका सडकमा यस प्रकारका अनियन्त्रित जाम हुन थालेपछि नागरिकको निर्वाध हिडडुल गर्न पाउने नैसैर्गिक अधिकारमाथि नै सरकारले धाबा बोलेको छ ।

जनता जर्नादन भन्दै सडकमा सवारी साधनभित्रै बिस्कुन जस्तै सुकाई दिने र अशक्त, बिरामी आदिको ज्यानै लिने अवस्था सृजना हुदा पनि सरकारी निकाय रमिते बन्नु भनेको सरकार नागरिकको यात्रा उपर गैरजिम्मेवार रहेको जीवन्त प्रमाण पनि हो ।

उसै पनि अहिले सिंगै देश फेस्टिवलको मुडमा छ । राजधानीबाट आउने जाने र मुलतः जानेको लर्को बढ्दो छ । यसबेलामा लामो दुरीका राजमार्गहरुमा सवारी आवागमन चुस्त दुरुस्त राख्नु सरकार मातहतका सरोकारवाला सबै निकायको मुख्य कर्तव्य नै हो ।

तर सडकको जाम खुलाउन फगत तत् क्षेत्रका सानो संख्याका प्रहरी मात्रैको कर्तव्य हो जस्तो गरी सिंहदरवारको सरकार एक नागरिकको मृत्युको केवल रमिते मात्रै बनिरहेको छ ।

तर सडकको जाम खुलाउन फगत तत् क्षेत्रका सानो संख्याका प्रहरी मात्रैको कर्तव्य हो जस्तो गरी सिंहदरवारको सरकार एक नागरिकको मृत्युको केवल रमिते मात्रै बनिरहेको छ ।

फोटोका सौखिनहरुका लागि माथिबाट गाडीको लस्कर हेर्दा त रेलजस्तै देखिने दृश्यहरुले सरकारको निरीहता उजिल्याईरहेका हुन् । जाममा फसेको यात्रुमाथि सरकारले गरेको ठट्टाको तस्वीर हो त्यो ।

यसरी राजधानी काठमाडौं छिर्ने देशकै एक प्रमुख नाका नागढुंगामा एक हप्तादेखि अत्यासलाग्दो जाम जारी रहदा पनि त्यसको विकल्प खोज्न मन्त्रालय वा अन्तर मन्त्रालय स्तरमा कुनै हतारो नलाग्नु दशैंमा घर फर्किदै गरेका हजारौं यात्रुहरुमाथि सरकार बेमत्लब बनेको प्रमाण नै हो ।

जाम यति भयावह र लामो छ कि नौबिसेबाट काठमाडौं आइपुग्न १० घण्टासम्म लागेको छ । यसले यात्रु मात्र होइन, सवारीचालकदेखि प्रहरी पनि दिक्क छन् । ३० किलोमिटरको जाम छिचोल्न ११ घण्टा लाग्ने देशमा सरकार भनेर पत्याउन नमिल्ने अवस्था छ ।

३० किलोमिटरको जाम छिचोल्न ११ घण्टा लाग्ने देशमा सरकार भनेर पत्याउन नमिल्ने अवस्था छ ।

हो, यहीनेर नागरिकको दुःख, कष्ट र वेदना राज्यलाई , राज्यका अख्तियारी प्राप्त ठूलाठालूहरुलाई दुखिरहेको छैन । मृतक शाहका परिवारले शायद सरकारी तहबाट न समवेदना, न राहत केही पाउने छैनन् ।

सरकारमा बसेकाहरुका लागि एक नागरिकको मृत्यु उसकै राज्य संयन्त्रद्वारा गरिएको लापरवाहीका कारण हुदा पनि सरकार त्यसमा गंभिर नहुनु नै राज्य नागरिकको दुखको सारथी बन्न नसकेको उदाहरण पनि हो ।

यो एक सामान्य मृत्यु मात्रै होईन, राज्य सृजित बेथितिको एक नमूना हो । राज्य नागरिकको असुविधाउपर कतिसम्म अन्धो, बैरो बन्न सक्छ भन्ने जीवन्त उदाहरण हो ।

यसले आम नागरिकलाई यसपालीको दशै यात्रा कष्टपूर्ण हुने नजिर देखाई सकेको छ । के अब यो दुखान्तबाट पाठ सिकेर आम नागरिकको सडक यात्रा सहज र सरल बनाउन सरकारी निकायका अधिकारीहरुको घैटोमा घाम लाग्ला त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

  काठमाडौँ ।  पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा