तिलोत्तमा लगानी सम्मेलनमा १६ अर्बको प्रतिबद्धता



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनमा झण्डै १६ अर्बको लगानी प्रतिबद्धता आएको छ । नगरपालिकाले २२ क्षेत्रमा गरेको प्रस्तावमध्ये ३० क्षेत्रमा लगानी प्रतिबद्धता आएको हो ।

लगानी प्रतिबद्धता आएका प्रस्तावमध्ये कृषि, पर्यटन, उद्योग, सीप विकास र रोजगारीसँग सम्बन्धित रहेको तिलोत्तमा नगरपालिकाका प्रेस संयोजक बिपी गौतमले जानकारी दिए । प्रतिबद्धता आएका संस्था र तिलोत्तमा नगरपालिकाबीच बिहीबार नै प्रारम्भिक सम्झौतासमेत भएको उनले जानकारी दिए ।

लगानी प्रतिबद्धता आएकामध्ये युकेएड र नगरपालिकाबीचको साझेदारीमा प्राविधिक जनशक्ति उत्पादन गर्ने गरी सीप परियोजना सञ्चालन गर्ने प्रतिबद्धतामा प्रारम्भिक सम्झौता भएको छ ।

यस्तै नेपाल बैंक लिमिटेडले नगरभित्रका वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमै आत्मनिर्भर हुन व्यवसाय सञ्चालन गर्न चाहने, द्वन्द्वपीडित र विपन्न परिवारका जनतालाई नगरपालिकाको सिफारिसमा सहुलियत कर्जा उपलब्ध गराउन एक करोड लगानी गर्ने प्रतिबद्धता आएको छ ।

लगानी सम्मेलनमा नगरभित्रका सहकारीको समूहको लगानीमा तिलोत्तमा नगरपालिकामा दुग्ध प्रशोधन केन्द्र स्थापना गर्ने पनि प्रतिबद्धता आएको छ ।

यस्तै रिडी हाइड्रोले ८० करोडको लगानीमा सौर्य ऊर्जा स्थापना गर्ने, एक अर्ब ६० करोडको लगानीमा भाटा रिसोर्ट प्रालि सञ्चालन गर्ने र मिनि नेपाल प्रालिले पर्यटनको क्षेत्रमा स्मार्ट पार्क स्थापना गर्न एक अर्ब ५० करोड लगानीको प्रतिबद्धतामा सम्झौता भएको प्रेस संयोजक गौतमले जानकारी दिए ।

यसका साथै सङ्घीय सरकारको लगानीमा यसअघिनै घोषणा भएको फोहरमैला प्रशोधन केन्द्र र कृषिउपज सङ्कलन केन्द्रको परियोजनाको कामसमेत अघि बढाउने घोषणा गरिएको छ ।

लगानी सम्मेलनमा आएका लगानीका प्रस्तावबाहेक निजी क्षेत्रबाट करीब दुई दर्जन उद्योग तथा व्यावसायिक क्षेत्रका लगानीको समेत प्रतिबद्धता जाहेर गरिएको छ । यसका लागि डेरी, मिठाई, कमर्सियल फार्मिङ, स्मार्ट टनेल खेतीजस्ता निजी क्षेत्रबाट लगानीको प्रतिबद्धता आएको उनले बताए ।

नगरपालिकाले प्रस्ताव गरेका आयोजनामा लगानीकर्ताले जग्गाको समेत माग गरेमा लिजमा जग्गा उपलब्ध गराउने र प्रतिष्ठान स्थापना गर्न आवश्यक कानूनी प्रक्रियालाई सहजिकरण गर्ने र विभिन्न राजश्वमा छुटको व्यवस्था गर्ने छ ।

यस्तै निजी क्षेत्रका तर्फबाट आउने लगानीकर्तालाई समेत कानूनी प्रक्रियामा सहजीकरण र राजश्वमा छुटको व्यवस्था मिलाइने बताइएको छ ।

लगानी सम्मेलनमा नगरपालिकाले लगानी सम्मेलनका माध्यमबाट तिलोत्तमा कृषिउपज सङ्कलन तथा प्रशोधन केन्द्र, तिलोत्तमा मासु प्रशोधन केन्द्र, सिटी कलेज, प्रादेशिक बसपार्क, तिलोत्तमा औद्योगिक क्षेत्र, चीन र भारतलाई समेत व्यापारमा जोड्ने गरी बिजनस हब, रेल वे रिङरोडजस्ता परियोजनामा लगानी भित्राउने मुख्य लक्ष राखिएको थियो ।

यस्तै स्मार्ट हाटबजार, स्मार्ट पार्किङस्थल, बाल उद्यान, रोहिणी एकीकृत बहुउद्देश्यीय पर्यटकीयस्थल, तिलोत्तमा मिनी नेपाल, महिला तथा बाल अस्पताल र एकीकृत दूध सङ्कलन तथा प्रशोधन केन्द्रजस्ता आयोजना अघि सारिएको थियो । नगरपालिकाले सम्मेलनबाट ५० अर्बभन्दा बढी पूँजी भित्रिने अपेक्षा राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नौ महिनाको अवधिमा चितवन प्रहरीमा सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

  काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको

सहकारीका समस्या समाधान गर्न कठोर कदम चाल्नुपर्छः मन्त्री अधिकारी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको नियमन सुपरीवेक्षण

एक सय ५९ खानी उत्खननका लागि अनुमति

  काठमाडौँ ।  खानी तथा भूगर्भ विभागले विभिन्न समयमा खोजतलास गरिएका एक सय