देवत्वको अर्थ



डा. गोविन्दशरण उपाध्याय ।

ऋषिमुनिहरू देव र मनुष्य दूवै हुन् | उनीहरू मान्छेको शरीरबाट अरू सरह नै जन्मे तर आफ्नो अनुसन्धान, साधना तथा प्रयोगबाट देवत्व प्राप्त गरे | साधारण मान्छे जन्म, मृत्यु, जरा तथा व्याधिबाट ग्रसीत हुन्छ | प्राकृतिक मान्छेको जीवन प्रकृतिको बन्धन वा सीमाभित्र सीमित हुन्छ तर ऋषिहरूले प्रकृतिउपर विजय प्राप्त गरेर देवत्व प्राप्त गरेका हुन्छन् |

वैदिक ऋषिहरूको तुलना आधुनिक बैज्ञानिकहरूसंग गर्न सकिन्छ | ऋषिमुनिहरूले देवत्वको सिद्धान्त प्रतिपादन गरेर मान्छेलाई रोग, जरा तथा मृत्युलाई पराजित गरेर स्वयं देव वने र अरू अरूलाई पनि देवता बन्ने बाटो देखाए | आधुनिक विज्ञानले पनि जन्म, मृत्यु, जरा, व्याधि, भोक, दुखआदिलाई जित्न चाहन्छ | देवत्व प्राप्त गर्न चाहन्छ तर त्यो प्राप्त गर्न सकेको छैन |

जव एउटा सामान्य मान्छेले देवत्व प्राप्त गर्छ उसले अणिमा अर्थात् शरीरलाई परमाणुझैं सूक्ष्म बनाउने, महिमा अर्थात् स्वयंलाई विराट बनाउने, गरिमा अर्थात् आफ्नो शरीरलाई अत्यन्त गह्रुङ्गो बनाउने, लघिमा अर्थात् शरीरलाई भार रहित बनाउने, प्राप्त अर्थात् मनले चाहेको वस्तु प्राप्त गर्ने, प्रकाम्य अर्थात् अर्काको मनको कुरा बुझ्ने, ईशत्व अर्थात् प्रकृतिलाई नियन्त्रण गर्न सक्ने तर आफु प्रकृतिको नियन्त्रणमा नरहने, वशित्व अर्थात् चराचरका जोसुकै जीव-अजीवलाई आफ्नो इच्छाअनुसार काम लगाउन सक्ने वा आफुले चाहेजस्तो स्वरुपमा रुपान्तरित गर्न सक्ने क्षमताहरू प्राप्त गर्छ | ऋषिहरू अर्थात् सप्तऋषि, इन्द्रआदिले साधनाद्वारा यी शक्तिहरू प्राप्त गरेका थिए भन्ने तत्थ्य उपनिषदहरूले बोलेका छन् |

बाल्मिकी तथा तुलसीकृत रामायणहरू पढ्दा हनुमानले उपरोक्त सबै प्रकारका शक्तिहरू आर्जन गरेर तेसको प्रयोग पनि गरेको उदाहरण पाइन्छ | आज प्राचीन ऋषिहरूले अनुसन्धान गरेर आफुलाई देवतामा रुपान्तरित गरेका उपरोक्त विज्ञानहरू केवल कथामा सीमित भए | ऋषिहरूले अनुसन्धान गरेर प्रयोग समेत गरेको विज्ञान लोप भयो | तिनै लोप भएका विज्ञानहरूलाई कथा बनाएर जीविकोपार्जन गर्नेहरूको विग्विगी भयो | वैदिक विज्ञानको पुनर्जीवनका लागि कसैले प्रयत्न गरेनन् | कसैले ऋषिमुनिहरूले देखाएको बाटो हिड्ने प्रयत्न गरेन |

सैद्धान्तिक अध्यात्मवाद र कठोर (काठमुल्ला) भौतिकवादको द्वन्दमा प्राचीन ऋषिमुनिले प्रत्यक्ष गरेको विज्ञान सधैंका ओझेलमा पर्यो | म त भन्छु, उपरोक्त आठबटा बैज्ञानिक क्षमता मध्येमा (आजका बाबाजीहरूले) एउटाको पनि सफलता पूर्वक प्रयोग गर्ने हो भने विश्वविजयी बन्न सकिन्छ | मार्कंडेय ऋषिलाई महामुनि नारायणले एक घडीमा महाप्रलय पुनरोत्थान देखाएको भागवती कथा झूटो होइन |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गणतन्त्रको घाम अस्ताउनु हुन्न

ईश्वर पोखरेल । निरंकुशताको विरोध र लोकतन्त्र स्थापनाका लागि सङ्घर्षको इतिहास लामै भए

संसदीय अंकगणित मिलाएर कुर्सीको दिनगन्तीमा रमाउनेहरूबाट त्यस्तो के आशा गर्नु र !

डा. बाबुराम भट्टराई । वार्षिक बजेट प्रस्तुतीको पूर्वसन्ध्यामा हाम्रा सरकारी र सार्वजनिक विमर्शहरू

भ्रष्टाचार नियन्त्रणका लागि उच्चस्तरीय अधिकारसम्पन्न आयोग गठन गरी प्रकृया प्रारम्भ भए जनतामा आशा पलाउन सक्छ

–अर्जुननरसिंह केसी नेपालमा गणतन्त्र आउनुमा लामो समय सत्ताको बागडोर सम्हालेको राजतन्त्र नै जिम्मेवार

पूर्वाग्रह, विद्रोह र गौशाला

डा. गोविन्दशरण उपाध्याय । पूर्वाग्रह र विद्रोह दूवै अतिवाद हुन् । पूर्वाग्रहीले पहिलेनै