अनि निशब्द भए पत्रकार



केशवप्रसाद भट्टराई ।

भारतीय राष्ट्रपति ओमानको राजकीय भ्रमणमा जाँदा शिष्टाचार र मर्यादाको
एउटा विलक्षण, महान र ऐतिहासिक दृश्य
१९९६ मा भारतका राष्ट्रपति डा. शङ्कर दयाल शर्मा ओमानको राजकीय भ्रमणमा गएका थिए I ओमानका राजा ( सुल्तान) कबुस बिन सइद अल सइद उनको स्वागतको लागि हवाइ अड्डा पुगे I ओमानका सुल्तान आफ्नो मुलुकको भ्रमणमा आउने कुनै पनि विशिष्ट अतिथिको स्वागतका लागि हवाई अड्डामा जाने प्रचलन थिएन I

कसैको स्वागतका लागि पनि उनी हवाई अड्डा पुगेका थिएनन् I सुल्तान कबुस बिन सइद अल सइद हवाई अड्डामा मात्रै गएनन् ,
डा शर्मालाई अभिनन्दन र स्वागत गर्न उनी विमान भित्रै उनको सिट सम्म पुगे I हवाई जहाजबाट झरेपछि डा. शर्मालाई सुल्तानको महल सम्म सवारी चलाउनका गाडी तयार थियो I गाडीमा ड्राइवर तैनाथ थियो, तर ओमानी सुल्तानले ड्राइवरलाई उसको सिटबाट हट्न भने, र आफैँ ड्राइवरको सिटमा गएर बसे र आफैँले गाडी हाँकेर निर्धारित स्थान सम्म पुर्याए !

कुनै एउटा स्वतन्त्र र सार्वभौम मुलुकको राष्ट्राध्यक्षले अर्को देशको राष्ट्राध्यक्षलाई विमान भित्रै पसेर स्वागत गरी आफैँ गाडी हाँकेर,उनको ड्राइवर भएर अतिथि गृह सम्म लगेको उदाहरण सम्भवत संसारसँग छैन सारा संसार उक्त दृश्यबाट विष्मित भयो !
आश्चर्यचकित बन्यो !

पछि पत्रकारले सुल्तानलाई सोधे -भारतीय राष्ट्रपतिको स्वागतमा किन सुल्तानले एक पछि अर्को प्रोटोकल तोडे ?
सुल्तानको जवाफ थियो –
‘मैले भारतका राष्ट्रपतिको लागि प्रोटोकल तोडेको होइन,
डा. शर्मा मेरा शिक्षक हुन् I
म भारतमा पढ्दा उनी मलाई पढाउँथे I
उनी पहिला मेरा गुरू हुन् अनि भारतका राष्ट्रपति I
म पहिला उनको शिष्य हुँ अनि ओमानको सुल्तान I
यहाँ कुनै राष्ट्रपति र राजाको सम्बन्ध होइन I
सवाल दुई मुलुकका राष्ट्र प्रमुखको होइन I
सवाल दुई देशको पनि होइन I
सम्वन्ध गुरू र शिष्य को हो !
र यो सम्वन्ध राज्य, राष्ट्र, जाती, धर्म, सम्प्रदाय भन्दा माथि हुन्छ I
यो सम्वन्धमा कुनै पद, दर्जा,राष्ट्र, राष्ट्रियता,काल र समयले प्रवेश पाउन सक्दैन I
यो सम्वन्ध राज्यको प्रोटोकल भन्दा माथि हुन्छ I’

पत्रकारहरू निशव्द भए I

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘स्टार्टअप’मा सरकारको प्राथमिकता

पार्क थेयङ  मैले प्राकृतिक सुन्दरताले भरिएको नेपालमा गणतन्त्र कोरियाली राजदूतका रूपमा सेवा गर्ने

थोत्रा जहाज किन ल्याउन दिने ?

डा. युवराज संग्रौला । अनेक दुर्घटना घटिरहेका छन् । बिग्रेको प्लेन पोखरा उडन

मानसिक स्वास्थ्यका सेवाग्राहीलाई परामर्श

डा. गोविन्दशरण उपाध्याय । मनोवैज्ञानिक परामर्श आजको जीवनशैलीका लागि अनिवार्यझैं बनेको छ ।

पर्म, पैँचो र विचार

डा. गोविन्दशरण उपाध्याय । गाउँघरतिर यी शब्दहरूसंग जोडिएका व्यबहारहरू हराउँदै गएका छन् ।