विवाहका लागि भगवान श्रीकृष्णको सुझाव



डा. गोविन्दशरण उपाध्याय ।

विवाहका सम्बन्धमा भगवान् श्रीकृष्णले एस्तो सुझाव दिनुभएको छ : “जसको धन, कूल, सम्पत्ति आफुसरहको हुन्छ तिनैसंग विवाह र मित्रता गाँस्नु पर्छ | आफुभन्दा धेरै माथिल्लोतह वा तल्लोतहको सम्बन्ध सुखद हुँदैन |” श्रीमदभागवत १०/६०/१५

जसले केवल भौतिक प्रेमका कारण जवर्जस्ती (भागेर वा अभिभावकहरूलाई थाहा नदिई अथवा अभिभावकहरूको अभिमत अस्वीकार गर्दै) विवाह गर्छन्, सम्भवत: ती मध्ये केवल १% दम्पत्तिहरू सुखी रहन्छन्, धेरैको दाम्पत्य जीवन कलह र घृणासंग अन्त्य हुन्छ |

तेसैले विवाहजस्तो जीवनको सबैभन्दा महत्वपूर्ण निर्णय गर्दा स्वेच्छाले भन्दा आफन्त, अभिभावकसंग परामर्श गरेर समानतहको जीवनसंगी चुन्नुपर्छ | देवी रुक्मणीले पनि श्रीकृष्णसंग विवाहपूर्व प्रेम गर्नुभएको थियो र एकजना ब्राह्मणका माध्यमबाट “प्रीतिपत्र” प्रेषित गरेकी थिइन् |

उमेर हुँदैजाँदा विपरित लिंगीप्रति आकर्षित हुनु, यौनचाहना हुनु प्राकृतिक कुरा हो | तर १०० वर्षसम्म रहने दाम्पत्य जीवनका विषयमा मूढ़ेबलले निर्णय गर्नु आत्मघाती हुन सक्छ | तपाईंले विवाहका सम्वन्धमा स्वेच्छाचारी निर्णय गर्न सक्नुहुन्छ (तपाईंले सहसा कसैसंग विश्वास गरेर यौनाचार स्वीकार गर्नुहुन्छ) भने तपाईंले रोजेको व्यक्ति स्वेच्छाचारी छैन भनेर सोच्ने अधिकार तपाईंसंग रहन्न |

एस्तो अवस्थामा विवाह गरिसकेपछि पनि विवाहेतर यौनाचारको शंकाले दुवैजना सधैं आशंकित रहन सम्भव हुन्छ | तेसैले जसरी विवाह गरे पनि दाम्पत्य जीवन प्रति इमानदार रहने मानसिकता र विश्वास विवाहपूर्वनै स्थापित भएको हुनुपर्छ |

देवी रुक्मणी भन्छिन् – विवाहपश्चात् पनि स्वेच्छाचारीहरूको मन नयाँनयाँ पुरुष/स्त्रीहरूतिर आकर्षित भैरहन्छ | बुद्धिमान् मनुष्यले एस्ता स्वेच्छाचारीको सङ्गत गर्नुहुँदैन नत्र लोकपरलोक गुम्छ |
श्रीमदभागवत १०/६०/४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रक्तसञ्चार सेवा: विगत, वर्तमान र भविष्य

प्रा. सुदर्शनप्रसाद नेपाल नेपाल रेडक्रस सोसाइटी (नेरेसो) स्थापना भएको तीन वर्षपछि अर्थात् २०२३

‘स्टार्टअप’मा सरकारको प्राथमिकता

पार्क थेयङ  मैले प्राकृतिक सुन्दरताले भरिएको नेपालमा गणतन्त्र कोरियाली राजदूतका रूपमा सेवा गर्ने

थोत्रा जहाज किन ल्याउन दिने ?

डा. युवराज संग्रौला । अनेक दुर्घटना घटिरहेका छन् । बिग्रेको प्लेन पोखरा उडन

मानसिक स्वास्थ्यका सेवाग्राहीलाई परामर्श

डा. गोविन्दशरण उपाध्याय । मनोवैज्ञानिक परामर्श आजको जीवनशैलीका लागि अनिवार्यझैं बनेको छ ।