ब्रह्म, रक्सी र नारीवाद



डा. गोविन्दशरण उपाध्याय ।
वैदिक सनातन धर्मको सर्वोच्च सत्य, तत्व “ब्रह्म”को नाममा रक्सीको ब्राण्ड बन्दा हिन्दूहरूलाई के चासो ! अल्लाह, मोहम्मद, जिसस ब्राण्डको रक्सी आए पो धार्मिक तथा सांस्कृतिक अधिकारको हनन हुन्छ कसैको धार्मिक भावनाको हनन हुन्छ ?

के ब्रह्मज्ञानीहरू जड्याहा थिए ? के वैदिक संस्कृतिको उत्सका रूपमा अवस्थित ब्रह्मानंदको अवस्था साक्षात्कार गर्ने र गर्नका लागि साधनारत हिन्दूहरूको ब्रह्मप्रतिको निष्काम प्रेम र उत्कर्ष एउटा बोतलमा बन्द भएको रक्सीको मातसरह हो ? के रक्सी र नारीको शरीरले दिने मादकता र कामुकता नै ब्रहमको स्वरूप हो ? यो विज्ञापनले हिन्दूहरूसंग जवाफ खोजिरहेको छ |

विश्वभरि फैलिएर रहेका हिन्दूहरूको समग्रलक्षमा प्रहार गर्ने रक्सीको बोतल (संसारको जो सुकैले उत्पादन र नामकरण गरेको भए पनि) वैदिक अस्मितामा प्रहार गरेको छ | नाम तथा कामुक मुद्रामा नारी शरीरको विकृतिपूर्ण प्रयोग देखेर हरेक हिन्दूहरूमा तीब्र क्रोध उत्पन्न हुनुपर्छ र विश्वभरिका नारीशक्तिहरूले नारीशरीरको उपयोग वारे सोच्नु पर्ने ठान्छु |

बोतलमा देखिएकी नारीले एकपटक क्यामेरामा आफ्नो फोटो खिचाईन् तर उनको फोटोले अन्य नारीहरूप्रति के-कस्तो प्रभाव पार्यो र कसरी नारीलाई रक्सी ठान्ने मानसिकताको विकासमा सहयोगी बनिरहेको छ ? विचार गरौँ |

देशमा महिला (वालबालिका)मा मात्र होइन वैदिक देवदेवताहरूप्रति पनि बलात्कार बढ्दो छ | यो रक्सीको विज्ञापनमा महिला अधिकारवादीहरू चासो हुँदैन | एस्तो उत्तेजक फोटो रक्सीको विज्ञापनमा देखेर ई महिलाप्रति तपाईंको कस्तो सोच आउला ?

नारीलाई देवीका रूपमा सम्मान गरिनुपर्छ भन्ने संस्कृति र यो रक्सीको बोतलमा नारीलाई उभ्याउने नारीवादको तुलना गर्नैपर्छ | के आधुनिक नारीवाद यही नग्नता र रक्सीको बोतलसम्म सीमित छ ?

मसंग जोडिनु भएका मित्रहरूले बोल्नुपर्छ यो रक्सीको विज्ञापन नारीहरूको सम्मान हो कि स्वेच्छाले उपभोग्य वस्तुमा रुपान्तरण हुन लालायित नारीको विकृतरूप हो | कहीं स्वच्छतावादी नारीवाद त यसका लागि जिम्मेवार छैन ?

धर्मनिरपेक्षताको नशा हिन्दू र बौद्धहरूलाई मात्र लागेको छ, मुस्लिम तथा इसाई आफ्नो संस्कृतिमा समर्पित छन् |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘स्टार्टअप’मा सरकारको प्राथमिकता

पार्क थेयङ  मैले प्राकृतिक सुन्दरताले भरिएको नेपालमा गणतन्त्र कोरियाली राजदूतका रूपमा सेवा गर्ने

थोत्रा जहाज किन ल्याउन दिने ?

डा. युवराज संग्रौला । अनेक दुर्घटना घटिरहेका छन् । बिग्रेको प्लेन पोखरा उडन

मानसिक स्वास्थ्यका सेवाग्राहीलाई परामर्श

डा. गोविन्दशरण उपाध्याय । मनोवैज्ञानिक परामर्श आजको जीवनशैलीका लागि अनिवार्यझैं बनेको छ ।

पर्म, पैँचो र विचार

डा. गोविन्दशरण उपाध्याय । गाउँघरतिर यी शब्दहरूसंग जोडिएका व्यबहारहरू हराउँदै गएका छन् ।