लकडाउनको अहिलेको मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने सरकारको निर्णय



काठमाडौं । सरकारले लकडाउनको अहिलेको मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले साउन सात गतेसम्म अहिलेकै मोडलको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो ।

यो निर्णयअनुसार साउन ७ सम्म सार्वजनिक सवारी साधन संचालन हुने छैनन् भने निजी सवारीसाधन जोर विजोर प्रणालीमा चल्नेछन् । त्यस्तै उद्दार बाहेकका सबै हवाई उडान बन्द हुनेछन् । विद्यालय तथा शैक्षिक संस्थाहरू पनि बन्द नै रहनेछन् । सभा समारोह, प्रदर्शन गर्न पाइने छैन भने सिनेमा हल, डान्सबार, पुस्तकालय, संग्रहालय, समूहमा खेलिने खेल, स्वीमिङ पुलहरू पनि खुला हुने छैनन् ।

सरकारले तोकेका २० बाहेक अरू अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द नै रहनेछ । लकडाउन खुकुलो भएपछि जनजीवन सामान्य बन्दै गएको तर स्वास्थ्य सुरक्षा मापदण्ड पालना नभएको सरकारको निष्कर्ष छ । बैठकले एसएमएस अर्थात सोसल डिस्ट्यान्स, मास्क र स्यानिटाइजरलाई कडाईपूर्वक लागू गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसो भए स्वदेशमै बस्छन् युवा

-अमृता अनमोल गुल्मीको सिमलटारीका विकास पराजुली उच्च शिक्षा अध्ययनका लागि २०६५ सालमा बुटवल

सन्तुलित भोजनबाट नै सबैखाले भिटामिनहरु पाउन सकिन्छ, झोल र टनिकबाट होइन

डा. अरुणा उप्रेती । ‘डाक्टर साहेव, मलाई कमजोरी भइरहेछ, कुनै भिटामिन वा टनिक

टुलिपबाट हाम्रा नेताले पनि सिक्ने कि ?

नारायण गाउँले । यी हुन् भर्खरै वित्तमन्त्रीबाट राजीनामा दिएकी बेलायती नेतृ टुलिप सिद्दिक

डिभोर्सः रोक्न सकिन्छ !

डा. गोविन्दशरण उपाध्याय । आर्थिक वर्ष २०२३–२४ मा काठमाडौं जिल्ला अदालतमा सरदर दिनुहुँ