नेपालको भू-राजनीतिमा इण्डो-पश्चिमा शक्तिहरूको विरोध किन ?



भरत दाहाल ।
एकथरी ईण्डोपश्चिमा दलालहरुले प्रचार गरे जस्तो हामी चीनको आँखा चिम्लेर समर्थन गर्नुपर्छ भन्ने पक्षमा छैनौं र त्यो बाटोमा जाने पनि छैनौं । यतिबेला हामीले चीनप्रति सद्भाव राख्नै पर्ने खास भूराजनीतिक कारणहरु छन् । ति मध्ये पहिलो कारण हो, हाम्रो देशको राजनीतिक मामिलामा आक्रमण गरेको छैन। नेपालको सार्वभौमिकताको कदर गर्ने शक्तिहरुलाई हामी सम्मान गर्छौं ।

दोश्रो कारण हो, चीन वर्तमान विश्व ध्रुविकरणमा हाम्रो देशभित्रको मामिलामा गुण्डागर्दी गर्दै आएका अमेरीकन, यूरोपीयन र ईण्डियनहरुको प्रतिस्पर्धि देश हो। यसकारण नेपालको भूराजनीतिक संकटको लडाईंका दौरानमा आक्रमणकारीहरुसंग लड्नका लागि चीन र रुस जस्ता देशहरु हाम्रा सहयोगी हुन् । हामी एक्लैले सिंगो पश्चिमी शक्तिहरु र ईण्डियनहरुसंग लडेर देश पार लगाउन गाह्रो पर्छ ।

तेश्रो कारण हो, तिब्बतको प्रश्न । तिब्बत चीनको अंग हो भन्ने मान्यतामा हामी दृढतापूर्वक उभिन सकेनौं भने नेपाललाई प्रयोग गरेर साम्राज्यवादीहरुले तिब्बतमा अस्थिरता पैदा गर्छन् । यस्तो अस्थिरताले तीन तिरबाट एउटा शत्रु शक्तिसंग घेरिएको हाम्रो देश उत्तरबाट पनि घेराबन्दीमा पर्छ। चार दिशाबाट साम्राज्यवादीहरुको घेरामा परेको दिन नेपालले आफ्नो अस्तित्व पनि गुमाउँछ भन्ने तितो उदाहरण ३ पटक लागेको नाकाबन्दी नै छ ।

तिब्बत चीनको अंग नरहे नेपाल रहन्न र नेपाल सार्वभौम नरहे यो भूमी प्रयोग गरेर साम्राज्यवादीहरुले तिब्बतमा पनि संकट ल्याउन सक्ने संभावना छ । नेपाल र चीनका बीचमा रणनीतिक साझेदारीको आवश्यकता यही कारणले आवश्यक रहेको छ । यस मानेमा हामी नेपालीहरुले चीनलाई अस्थिर बनाउन खोज्ने कुनै पनि षड्यन्त्रको विरोध गर्नु परेको हो । अहिले ईण्डोपश्चिमा सुराकीहरुले नेपाली भूमीमा चीनको अतिक्रमणको नक्कली प्रचारलाई हामीले कठोर रुपमा भण्डाफोर गर्नुको कारण पनि यही हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘स्टार्टअप’मा सरकारको प्राथमिकता

पार्क थेयङ  मैले प्राकृतिक सुन्दरताले भरिएको नेपालमा गणतन्त्र कोरियाली राजदूतका रूपमा सेवा गर्ने

थोत्रा जहाज किन ल्याउन दिने ?

डा. युवराज संग्रौला । अनेक दुर्घटना घटिरहेका छन् । बिग्रेको प्लेन पोखरा उडन

मानसिक स्वास्थ्यका सेवाग्राहीलाई परामर्श

डा. गोविन्दशरण उपाध्याय । मनोवैज्ञानिक परामर्श आजको जीवनशैलीका लागि अनिवार्यझैं बनेको छ ।

पर्म, पैँचो र विचार

डा. गोविन्दशरण उपाध्याय । गाउँघरतिर यी शब्दहरूसंग जोडिएका व्यबहारहरू हराउँदै गएका छन् ।