सदनमा हिन्दी बोल्नेलाई देवकोटाको जवाफ



नरेन्द्रराज प्रसाईं ।
राजा महेन्द्रले लक्ष्मीप्रसाद देवकोटालाई सल्लाहकार सभाको माननीय सदस्यमा मनोनीत गरे । देवकोटा विशुद्ध नेपाली भएर नै त्यहाँ पुगे र नेपाली नै भएर क्रियाशील भए ।

त्यति बेला तराईबासी सदस्यहरूले सल्लाहकार सभामा हिन्दी भाषामा नै बोल्न थालेका थिए । राष्ट्रभाषामा नै त्यहाँ बोल्नुपर्छ भन्ने आवाजका विपरीत तराईबाट प्रतिनिधित्व गर्ने सदस्यले सल्लाहकार सभाको सदन बहिष्कार गरे ।

दुई दिनपछि पुनः सदनको सञ्चालन भयो । तर तराईबासीहरूको बेहोरा उही रह्यो । अनि देवकोटालाई पनि धेरै झोक चल्यो र उनले अङ्ग्रेजी भाषामा सदनमा भाषण गर्न थाले ।

त्यति बेला अध्यक्षको रुलिङमा देवकोटाले प्रत्युत्तर दिएका थिए “हिन्दी यस देशको अर्धराष्ट्रभाषामा सदनमा बोल्न छुट पाइन्छ भने अन्तर्राष्ट्रिय भाषाको रूपमा मान्यताप्राप्त अङ्ग्रेजी कारोबार अङ्ग्रेजीमा हुन्छन्, संयुक्त राष्ट्रसङ्घमा अङ्ग्रेजी बोलिन्छ, भारतको संसदीय भाषा अङ्ग्रेजी छ । हिन्दी कुन जाति र कुन क्षेत्रको मातृभाषा हो ? हामी अधिकांश सदस्य हिन्दी बुझ्दैनौँ, तर यहाँ एकदुई जना व्यक्ति छाडेर अङ्ग्रेजी भाषा नजान्ने सदस्य म कोही देख्तिनँ ।”

(देवकोटाको जीवनशैलीबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अयातुल्लाहको आइडियोलोजीले अडिएला त इरान ?

-नारायण गाउँले । राजतन्त्र या लोकतन्त्र भएको भए इरान आज विश्वकै समृद्ध देशमध्ये

एउटा मेयरलाई असजिलो छ भने एउटा कर्मचारी बदलिदिन किन यत्रो ‘ईगो’ ?

-नारायण गाउँले । सरकारजी ! काठमाडौँ देशको मुटु हो, यसको धड़कन बन्द हुँदा

विश्वको सर्वोच्च शिखर सगरमाथासँगै वैदिक चेतना ‘महायोग’सम्मको उद्गम थलो नेपाल

शैलेन्द्र कुमार श्रेष्ठ जब मानवता अध्यात्मबाट विमुख हुँदै जान्छ, तब एक आध्यात्मिक जागरणको

आन्तरिक रणनीतिमा चीन मिसिएपछि भारत ओलीप्रति नरम हुनसक्छ

-केशवप्रसाद भट्टराई १. १९४७ देखि आजसम्मको इतिहास हेर्दा भारतमा हरेक १०–१५ वर्षको अवधिमा