एसइईबारे तीन बिकल्पमा छलफलः शिक्षामन्त्री



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बन्दाबन्दी (लकडाउन) को मोडालिटी आएपछि एसईईलगायत परीक्षा कहिले गर्ने टुंगो लाग्ने बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा मन्त्रालयमाथि बिनियोजीत बजेटका बारेमा सांसदहरूले राखेका जिज्ञासामा केन्द्रित रहेर जवाफ दिनेक्रममा शिक्षामन्त्री पोखरेलले यो महिनाभित्रमा परीक्षाहरूबारे निर्णयमा पुग्ने बताएका हुन् । एसइई, कक्षा ११ र १२ तथा विभिन्न विश्वविद्यालय अन्तर्गतका परीक्षाका सन्दर्भमा मन्त्रालयले बन्दाबन्दीको मोडालिटी आएपछि व्यवस्थित धारणा बनाएर अघि बढ्ने उनले बताए । एसइईबारे तीन बिकल्पमा छलफल भइरहेको पनि मन्त्री पोखरेलले संसदमा जानकारी गराए ।

त्यस्तै विद्यालय तह, स्नातक र स्तनातकोत्तर लगायतका सबै तहका अन्तिम वर्ष र सेमेस्टारका परीक्षा केही समय कुरेर भएपनि उपयुक्त समयमा गर्ने उनले बताए । त्यस्तै, उनले बैकल्पिक रुपबाट शिक्षा सिकाई निर्देशिका जारी गरिएको र परिवेशअनुकूल हुने गरी सिकाइ हुने गरी गृहकार्य भइरहेको पनि बताए ।

उनले संविधानमा शिक्षा मौलिक हकमा समावेश गरिएकाले शिक्षाको दायित्व राज्यको भएको तथा पहिलो पटक समाजवादोन्मूख शिक्षा नीति जारी भएकाले सार्वजनिक विद्यालयको रुपान्तरणका लागि बजेट केही वृद्धि भएको र बैकल्पिक, प्राविधिक, विशिष्टीकृत तथा खुला शिक्षाको विकास भइरहेको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तनहुँका चार पालिकाको निर्णयः सरकारी सुविधा लिनेका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने

  दमौली (तनहुँ) ।  तनहुँका चार पालिकाले सरकारी सुविधा लिनेका छोराछोरीलाई सामुदायिक विद्यालयमा

पूर्वाञ्चल विश्वविद्यालयका सात हजारभन्दा विद्यार्थी दीक्षित

  सुन्दरहरैँचा (मोरङ) । पूर्वाञ्चल विश्वविद्यालयको बाह्रौँ दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा

देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउनुपर्छ : प्रधानमन्त्री

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना

कक्षा १२ को परीक्षा देशभर शान्तिपूर्ण रूपमा सुरु

भक्तपुर । देशभर आज बिहान ८ बजेदेखि एकैसाथ कक्षा १२ को परीक्षा सुरु