भोककै कारण मर्नुपर्ने अवस्थाको अन्त्य भयोः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खान नपाएकै कारण ज्यान जाने अवस्थाको अन्त्य गरेको बताएका छन् । आइतबार दोस्रो विश्व खाद्य स्वच्छता दिवसमा शुभकामना दिँदै प्रधानमन्त्रीले हाम्रो संविधानले हरेक नेपालीका लागि खाद्य सम्बन्धी हक र खाद्य सम्प्रभुताको हक सुनिश्चित गरेको बताएका हुन् । उनले नागरिकको खाद्य सम्बन्धी हकलाई परिपूर्ण बनाउँदै सरकारले ‘कोही भोकै पर्दैन, कोही भोकले मर्दैन’ भन्ने नीति तय गरी कार्यान्वयनमा ल्याएको दाबी गरेका छन् ।

उनले भनेका छन्, ‘खान नपाएकै कारण ज्यान जाने अवस्थाको हामीले अन्त्य गरेका छौं । खानेकुरा नभएर बालबालिकाले सडकमा माग्दै हिंड्नु पर्ने अवस्थाको अन्त्य गरी तिनीहरुको ब्यवस्थापन गरेका छौं । यदाकदा कोही भोकै रहने अवस्था आए राज्यको सम्बन्धित निकायसम्म खबर पु¥याइदिन पनि यस अवसरमा सबैमा आह्वान गर्दछु ।’

त्यस्तै प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, ‘खाद्य सम्बन्धी अधिकार सँगसँगै खाद्यवस्तुको स्वच्छता अर्काे महत्वपूर्ण पक्ष हो । खाद्यवस्तु उपलब्ध भएर मात्र पुग्दैन, उपलब्ध खाद्यवस्तु गुणस्तरीय, स्वच्छ एवं सन्तुलित र पोषिलो पनि हुनु पर्दछ । जबसम्म खाद्यवस्तुको स्वच्छताको सुनिश्चितता हुँदैन तबसम्म खाद्य सम्बन्धी हक सार्थक हुन सक्दैन । खाद्यवस्तुको स्वच्छता कायम राख्न सरकारको मात्रै प्रतिवद्धता पर्याप्त हुँदैन । त्यसैले खाद्य श्रृंखलासँग सम्बद्ध सबैले खाद्यवस्तुको स्वच्छताका लागि आ–आफ्नो तहमा प्रतिबद्ध रहन जरुरी छ ।’

सन् २०१८ डिसेम्बर २० का दिन संयुक्त राष्ट्र संघको महासभाले हरेक वर्ष जून ७ का दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरे अनुसार सन् २०१९ देखि हरेक वर्ष विश्वव्यापी रुपमा मनाइने यस दिवसलाई नेपालमा पनि विभिन्न कार्यक्रमहरुका साथ मनाउँदै आइरहेको छ ।
कोरोना भाइरसको महामारीले अहिले विश्व कठीन मोडबाट गुज्रीरहेको छ । मानिसको जीवनमा खाद्य वस्तुको स्वच्छताको महत्व यस बेला झन् मुखर हुँदै आएको छ । विश्वब्यापी महामारीले संसारका अधिकाशं देशमा बन्दाबन्दी रहेको समयमा पनि यस वर्ष ‘खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ दोस्रो विश्व खाद्य स्वच्छता दिवस मनाइँदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा