प्रदेश एकका थप २८ जना कोरोनामुक्त



विराटनगर । विराटनगरस्थित कोशी कोभिड–१९ उपचार केन्द्रबाट २८ जना संक्रमित कोरोनामुक्त भएका छन् । पछिल्लो दोस्रो परीक्षणमा कोरोनाको रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरुलाई डिस्चार्जको लागि चिकित्सकले सिफारिस गरेका हुन् ।

डिस्चार्ज हुनेमा २२ जना पुरुष र ६ जना महिला रहेका अस्पताल व्यवस्थापन समितिका संयोजक ज्ञानबहादुर बस्नेतले जानकारी दिएका छन् ।

अस्पतालमा उपचारतः उदयपुरका ४ जना, झापाका ७ जना, मोरङका ६ जना, सुनसरी ४ जना, सप्तरी २ जना, धनकुटा ४ जना र खोटाङ १ जना रहेका उनले बताए । यसअघि उपचार केन्द्रबाट ३० र बीपी प्रतिष्ठान धरानबाट १८ जनाले कोरोना परास्त गरेर घर फर्किसकेका छन् । योसँगै प्रदेश १ बाट ७६ जनाले कोरोनालाई जितिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मन्थली अस्पतालको भवन नगरपालिकालाई हस्तान्तरण

मन्थली । १५ श्ययाको मन्थली अस्पतालको नवनिर्मित भवन मन्थली नगरपालिकालाई हस्तान्तरण गरिएको छ

लमजुङको परेवाडाँडा पोषणमैत्री स्वास्थ्य चौकी

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका–२ स्थित परेवाडाँडा स्वास्थ्य चौकीलाई बुधबार पोषणमैत्री स्वास्थ्यचौकी घोषणा

यसो भए स्वदेशमै बस्छन् युवा

-अमृता अनमोल गुल्मीको सिमलटारीका विकास पराजुली उच्च शिक्षा अध्ययनका लागि २०६५ सालमा बुटवल

तनहुँका १४ हजार छात्रालाई एचपिभी खोप लगाइँदै

दमौली (तनहुँ) । जिल्लाका १४ हजार बढी छात्रालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप