सशस्त्र प्रहरीलाई सीमा रक्षाको मात्रै जिम्मेवारी दिन सरकारलाई संसदीय समितिको निर्देशन



काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दशगजामा रहेका वस्ती, सडक, बाँध तटबन्धलाई हटाउन तत्काल आवश्यक पहल गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको समिति बैठकले अन्तर्राष्ट्रिय मूल्यमान्यता विपरित अन्तर्राष्ट्रिय कानुन र मूल्य मान्यता विपरीत सीमा क्षेत्रको दशगजा रहेका वस्ती, सडक, बाँध तटबन्धलाई हटाउन तत्काल आवश्यक पहल गर्न निर्देशन दिएको हो ।

बैठकले सशस्त्र प्रहरीलाई सीमा रक्षाको मात्रै जिम्मेवारी दिन सरकारलाई निर्देशन दिएको छ । त्यस्तै बैठकले सीमामा बोेर्डर आउटपोस्ट (बिओपी) त्यसका लागि आवश्यक जनशक्ति र पूर्वाधार निर्माणका लागि आवश्यक साधनस्रोत थप्न समेत सरकारलाई निर्देशन दिएको छ । बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा समस्याबारे भारतसँग औपचारिक वार्ताको मिति र मोडालिटी तय भइनसकेको बताए ।

उनले नेपाली भूमि फिर्ता ल्याउन कुनै कसर बाँकी नराख्ने पनि बताए । उनले सीमा क्षेत्रमा भारतीय पक्षले बाँध बनाएका कारण नेपाली भूमि डुवानमा पर्ने भएकाले त्यस्ता संरचना हटाउन पहल गरिने जानकारी दिए । त्यस्तै उनले चीनले पनि सगरमााथाको उचाइ मापन गरिरहेको जानकारी सरकारलाई रहेको भन्दै दुवै देशल संयुक्त रुपमा चीनको उचाई सार्वजनिक गर्ने पनि बताए ।

बैठकमा समिति सदस्यहरुले सीमा समस्या समाधान गर्दा त्यस क्षेत्रमा रहेका नागरीकको समस्यालाई पनि मध्यनजगर गर्न सुझाव दिएका थिए । उनीहरुले सीमा स्तम्भ निर्माणमा देखिएको समस्याको पनि समाधान खोज्न मन्त्री ज्ञवालीको ध्यानाकर्षण गराएका थिए । बैठकले ठूला नदीमा निर्माण गर्नुपर्ने सीमा स्तम्भ निर्माण गर्ने गरी पहल गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक वैशाख २८ र २९ गते काठमाडौँमा हुने

  काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक यही

गठबन्धनमा त्यस्तो केही समस्या छैनः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुदूरपश्चिम प्रदेश सरकार निर्माणका क्रममा भएको

नागरिक उन्मुक्तिका पाँच सांसदले भने-मुख्यमन्त्री सोडारीलाई हाम्रो समर्थन छैन, कीर्ते हस्ताक्षर भयो

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्री

कोशी प्रदेशसभा बैठकमा सङ्कल्प प्रस्ताव पेस

विराटनगर । कोशी प्रदेशसभाको बिहीबारकोे बैठकमा सङ्कल्प प्रस्ताव पेस भएको गरिइएको छ ।