विमान दुर्घटनामा बाँचेका यात्रु भन्छन् -‘मैले आगो मात्रै देखेँ’



शुक्रवार पाकिस्तानको कराँचीमा भएको विमान दुर्घटनामा परेर बाँचेका एक यात्रुले आफूले आगो मात्रै देखेको बताएका छन् । मुहम्मद जुबैर दुर्घटनामा बाँचेका कम्तीमा दुईमध्ये एक यात्रु हुन् । पाकिस्तान अन्तर्राष्ट्रिय वायुसेवा पीआईएको एअरबस ए३२० विमान कराँचीको आवासीय क्षेत्रमा खसेको थियो । सिन्ध प्रान्तका अधिकारीहरूले दुर्घटनामा ९७ जनाको मृत्यु भएको पुष्टि गरेको छ । दुर्घटनाको कारण अहिलेसम्म थाहा हुन सकेको छैन तर नागरिक उड्डयनका एक अधिकारीले समाचारसंस्था रोयटर्सलाई विमानको पाङ्ग्रा बाहिर निस्कन नसकेको बताएका छन् । सामाजिक सञ्जालमा हालिएका तस्बिरहरूमा दुवै इञ्जिनको तल्लो भाग घस्रिएको देखिन्छ र पाङ्ग्रा भने देखिएको छैन । कोरोनाभाइरस महामारीका कारण अवरुद्ध आन्तरिक वायुसेवा दुई महिनापछि भर्खरै सञ्चालनमा आएको थियो ।

जुबैर कसरी बचे?
पीके ८३०३ उडानमा ९१ यात्रु र आठ जना चालकदलका सदस्य थिए। तीमध्ये धरै आइतवारको इदको बिदाका लागि यात्रा गरिरहेका परिवार थिए । विमान दिउँसो २ः३० मा कराचीको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने प्रयासमा दुर्घटना भएको थियो ।
सामान्य चोटपटक मात्रै लागेका जुबेरले विमानले एक पटक उत्रने असफल प्रयास गरेको र त्यसको १०,१५ मिनेटपछि दुर्घटनामा परेको बताएका छन् । “कसैलाई पनि विमान दुर्घटनामा पर्दैछ भन्ने थाहा थिएनः उनीहरूले विमानलाई सामान्य तरिकाले उडाइरहेका थिए,“ उनले भने । दुर्घटनामा उनी बेहोस भए । होसमा आएपछि उनले भने, “मैले चारैतिरबाट चिच्याहट सुनेको थिए। बालबालिका र वयस्यहरू । मैले आगो मात्रै देखेँ। मैले कोही मानिस देखिनँ, मात्रै चिच्याएको सुनेँ“। “मैले सिटबेल्ट खोलेँ र केही उज्यालो देखेँ। म प्रकाशतर्फ गएँ। सुरक्षित हुनलाई मैले १० फिट हामफाल्नुपर्यो,“ उनले भने ।

दुर्घटना कसरी भयो?
विमान धावनमार्ग नजिकै हुँदा मोडेल कोलोनीको घरमा ठोक्किएको थियो । टीभी दृश्यमा उद्धारकर्ताहरूले सघन आवासीय क्षेत्रको बाटोमा रहेका विमानमा टुक्राहरू पन्छाएको देखिन्छ। केही कारहरूमा आगो लागेको पनि देखिन्छ । मोहम्मद उजैर खानले बीबीसीलाई आफूले ठूलो आवाज सुनेर घर बाहिर निस्केको बताए । “लगभग चार घरहरू ध्वस्त भएका थिए र त्यहाँ निकै धुँवा र आगो थियो,“ उनले भने । “उनीहरू झन्डै मेरो छिमेकी थिए। म त्यो कस्तो डरलाग्दो दृश्य थियो भनेर भन्नै सक्दिन।“पाकिस्तानी सञ्चारमाध्यमले विमानचालक र एअर ट्राफिक नियन्त्रकबीच भएको भनिएको कुराकानी प्रकाशन गरेका छन् । त्यसमा विमानचालकले विमानले इञ्जिन गुमाएको सुन्न सकिन्छ। त्यसपछि एअर ट्राफिक नियन्त्रकको आपत्कालीन अवतरण गर्ने हो भन्ने प्रश्नको जवाफमा विमानचालकले ’मेडे, मेडे, मेडे’ भनेको सुन्न सकिन्छ । तीनपटक मेडे शब्द भन्नुको अर्थ आपत्कालीन अवस्था भन्ने बुझिन्छ । पीआईएका अनुसार सो विमान सन् २०१४ मा किनिएको र गत नोभेम्बरमा सुरक्षा परीक्षण गरिएको थियो ।

मृतक को हुन् ?
स्थानीय अधिकारीहरूले ९७ जनाको मृत्यु भएको बताए पनि तीमध्ये कति यात्रु भन्ने खुलाएको छैन । बैंक अफ पन्जाबका अध्यक्ष जफर मसुद उक्त विमानका एकजना यात्रु थिए र उनी बाँच्न सफल भएका छन्। बाँच्न सफल दुवै जना विमानको अघिल्लो भागमा थिए । अन्य केही यात्रुहरु बाँचेको विवरण आए पनि त्यसको पुष्टि भएको छैन । टिभी च्यालन २४ न्यूजका पत्रकार अन्सर नक्बी पनि यात्रुको सूचीमा छन् । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफू उक्त दुर्घटनाबाट “स्तब्ध र दुःखी“ भएको बताउँदै यस विषयमा तत्काल अनुसन्धान थाल्ने प्रतिबद्धता जनाएका छन् ।

पाकिस्तानको हवाई सुरक्षाको अवस्था
विभिन्न समयमा विभिन्न विमान दुर्घटनाहरूका कारण पाकिस्तानमा हवाई सुरक्षा अवस्था बलियो छैन । सन् २०१० मा एउटा निजी कम्पनी एअरब्लुद्वारा सञ्चालित एउटा विमान इस्लामावाद नजिकै दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १५२ जनाको ज्यान गएको थियो। जुन पाकिस्तानको इतिहासमा नै सबैभन्दा खराब विमान दुर्घटना थियो । सन् २०१२ मा पाकिस्तानको भोजा एअरले सञ्चालन गरेको एउटा बोइङ् ७३७-२०० विमान खराब मौसमका कारण रावलपिण्डीमा दुर्घटनाग्रस्त हुँदा १२१ यात्रु र ६ जना चालकदलका सदस्य सबै मारिएका थिए । र सन् २०१६ मा पाकिस्तान अन्तर्रा्ष्ट्रिय विमानसेवाको एउटा विमान उत्तरी पाकिस्तानबाट इस्लामावादतर्फको उडानमा रहँदा आकाशमा नै विस्फोट भएर ४७ जनाको ज्यान गएको थियो ।
बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुटिन यसै साता चीन भ्रमणमा जाने

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा यसै हप्ता चीनको

चिनियाँ विद्युतीय कारमा कर लगाउन जर्मनी र स्विडेन उदासीन

वासिङ्टनले चिनियाँ विद्युतीय कार (इभी) मा ठूलो शुल्क लगाउने घोषणा गरेपछि जर्मनी र

अफगानिस्तानमा बाढीका कारण ४० हजार बालबालिका घरबारविहीन

उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा शुक्रबार आएको बाढीका कारण झन्डै ४० हजार बालबालिकाले आफ्नो

विषादीको बढ्दो प्रयोगप्रति ‘एफएओ’ चिन्तित

  बोत्सवानामा संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले कीरा, झार र