यसरी खोलौं लकडाउन
– डा. रवीन्द्र पाण्डे |
…
पहिलो चरण अर्थात पहिलो १० दिन :
..
– खाद्य पसल दिउँसो ११-२ बजेसम्म खोल्ने | त्यसो गर्दा बिहान बेलुका हुने अनाबश्यक भीड नियन्त्रण हुने थियो |
– कृषि सामग्री पसल २- ४ बजे खोल्ने |
– स्टेसनरी बिहान खोल्ने |
– प्राइभेट अस्पताल फुल फेजमा खोल्ने |
– कलकारखानामा मजदुरलाई खाने / बस्ने मिलाएर परिवारसंग तथा अन्य व्यक्तिसंग भेट्न नदिने | अर्थात पूर्ण : आवासीय ब्यबस्था मिलाउने |
– साइकलमात्र चल्न दिने |
– टेलिमेडिसिन प्रभावकारी बनाउने |
– कोरोना संक्रमणको परीक्षण ब्यापक बढाउने |
.
दोस्रो चरण अर्थात थप १० दिन :
..
– पहिलो चरण यथाबत राख्ने
– आबश्यक र पास दिएका निजि सवारी साधन टाइम कार्डको आधारमा जोर / बिजोर गरेर चलाउने |
– निर्माण सामग्री औचित्य र आवश्यकता अनुसार जोर / बिजोर रातिमा चलाउने |
– भ्यान / टिपरलाई कृषि एम्बुलेन्सको रुपमा प्रयोग गरेर गाउँमा उत्पादित तरकारी, दुध, अण्डा, कुखुरा, खसी आदि सहरमा पुर्याउने |
– कृषिलाई अभियानको रुपमा चलाउने | यसको लागि बिउ, मल, औषधि अनुदान दिने | स्थानीय निकायले उत्पादनलाई जोड दिने |
– ठूला आयोजना सामाजिक दुरी राखेर संचालन गर्ने |
– साना उद्योगलाई सुरक्षित रुपमा चलाउने |
– बैंक, सहकारी, सरकारी कार्यालयलाई आफ्नै बसको ब्यबस्था गरेर कर्मचारी ल्याउने / पुर्याउने गर्ने |
– निर्माण सामग्री पसल, बच्चाका कपडा / सामग्री पसल, खेलकुद सामग्री पसल लगायत खोल्ने |
– डिपार्टमेन्टल स्टोर र तरकारी बजार सामाजिक दुरी कायम गराएर खोल्ने |
– कोरोना संक्रमणको परिक्षण अझै बढाउने |