कर्णाली प्रदेश सात दिन सिल गरिने



सुर्खेत । कर्णाली प्रदेश ७ दिनको लागि सिल गरिने भएको छ । कर्णालीसँग जोडिएका सुदूरपश्चिम र प्रदेश ५ मा कोरोना संक्रमण देखिएपछि सोमबार यस्तो निर्णय गरिएको हो । अब कर्णाली प्रवेश गर्ने सबै नाकामा आवतजावत पूर्ण रुपमा बन्द गरिनेछ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा सोमबार बसेको प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले प्रदेशका विभिन्न २७ स्थानमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाइने निर्णय पनि गरेको छ ।

गाउँपालिकाका केन्द्र, प्रमुख बजार क्षेत्रजस्ता रणनीतिक स्थानमा टोली परिचालन गरिने सामाजिक विकासमन्त्री दल रावलले बताए । उनका अनुसार स्वास्थ्यकर्मीको टोलीले सम्भावित बिरामीको पहिचान गर्नको लागि स्वाब संकलन, द्रुत परीक्षण (आरडीट) समेत गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसदीय छानबिन समितिमा रवि लामिछानेको बयान(पूर्णपाठ)

काठमाडौं । सहकारीसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको छ ।

पढ्नुस् ११ सय २४ पृष्ठ लामो सहकारीसम्बन्धी छानबिन समितिको प्रतिवेदन(पूर्णपाठसहित)

काठमाडौं । सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । भदौ

तरकारीखेतीबाटै छोराछोरीलाई डाक्टर र इन्जिनियर पढाउँदै उर्मिला

कञ्चनपुर । मेहनत र साहस गरियो भने हरेक कुरा सम्भव हुन्छ भन्ने प्रमाणित

नेताका कारण युवामा निराशा छायो : कांग्रेस नेता भण्डारी

रामपुर (पाल्पा) । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले