सबका पछाडि मेकियावेलीहरू छन्



जेपी गुप्ता ।

काठमांडूमा रहदै आएका मध्ये थोरैसंग मात्र कुराकानी हुने गर्दछ।मधेस तिर केही भएमा कुनै कोहीले सोधिखोजी गर्छन। आज एकजना पुराना पत्रकार मित्रले यताको हालचाल बुझेपछि, हैन् ! काठमांडू तिर भैरहेका कुराहरूलाई कसरी हेर्दै हुनुहुन्छ भनी सोध्नु भयो। उहाँको जिज्ञासा, प्रम केपी ओलीको सरकारका बिरूद्ध भैरहेका प्रयत्नहरूको वारेमा थियो। यस्तो विपत्तिका बेलामा समेत कसले वा कुन शक्तिले यसरी उठबस् गराई रहेको भन्ने थियो। उठबस् भनेपछि मैले एउटा सानो राजनीतिक कथा सुनाएँ ।

मुसोलिनीको मृत्यू पछि उनि स्वर्गनै जानेमा विश्वस्त रहेका रोमनहरूको संख्या ठूलै थियो। रोमनहरूको यही मतानुसार मुसोलिनी आफ्नै अक्कडपनका साथ स्वर्ग पुगेछन्। पहिले देखिनै तेहाँ रजगज गरिरहेका नेपोलियनले फौजी अन्दाजमै उनको स्वागत गरे। दुबैमा भलाकुसारी भयो। नेपोलियनले जानकारी गराउँदै भने अब केही बेर मै हामी भा’ठाममा ईश्वर आउँदै हुनुहुन्छ, यहाँको नियमानुसार तपाईले पनि उभ्भिएर ईश्वरको अभिवादन गर्नुपर्ने हुन्छ। ”तपाईले बिर्सिनु भो, म इटालीको ‘ड्यूक’ हुँ। म कसरी अरूका सम्मुख उभिएर अभिवादन गर्ने?” भन्दै मुसोलिनीले नेपोलियनलाई बताए। यत्तिकैमा बाहिरबाट आवाज आयो, “म त सीजर हुँ। तैपनि म यहाँको चलन अनुसार खडा भएर नै ईश्वरको स्वागत गर्दछु। मुसोलिनी, तपाईले पनि तेसै गर्नु पर्दछ।” चर्काचर्कीकै बीच तेहाँ टुप्पलुक्क मेकियावेली आईपुगे। उनले मध्यस्थता गर्दै भने: तपाईहरू बिवाद नगर्नोस्। म सब मिलाउछु।

यही बेला मेकियावेलीले चाल पाएँ, ईश्वर आउनै लाग्नु भो। पुगि नै सक्नु भो। बडो रोवदार स्वर निकाल्दै मेकियावेली भन्छन्-“होशियार, फोटोग्राफर आउँदै छन्।”

फोटोग्राफर पो आउन लागे भन्ठानेर झटपट उभिएर, जीऊलाई तनक्क तन्काउदै, चिऊडोलाई माथी उचाल्दै, छाति फुलाउदै रोमन जर्नेली पारामा मुसोलिनी पोजका साथ उभिन पुग्छन। अनि मुसोलिनी समेत सबै जनाले टुप्लुक्क आई पुगेको ईश्वरलाई पो देख्छन्। आफ्नो स्वागतमा लहरै उभिएका संसारका तीन महारथीहरू मुसोलिनी, नेपोलियन, सिजर अनि मेकियावेलीलाई उभिएको देखेर ईश्वर गदगद भए।

मैले कथा सुनाउदै भने, मित्र मुलुक पो सानो छ। तर, मेकियावेलीहरू धेरै भए। सबका पछाडि मेकियावेलीहरू छन्!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुख्खा हिउँद: न हिमपात, न वर्षा

ध्रुवसागर शर्मा, म्याग्दी । हिउँदको समय सकिन अब करिब तीन साता मात्रै बाँकी

एक वर्षअघि मलेसियामा हत्या गरिएकी छोरीको शव ल्याउन भौँतारिरहेकी ७० वर्षीया आमा

विष्णुप्रसाद गौडेल, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–४ की ७० वर्षीया

राज्यले अनेकौं आविष्कार केन्द्रको स्थापनाबाट युवाहरूलाई डिजिटल क्रान्तिका योद्धा बनाउनुपर्छ

-डा. युवराज संग्रौला । देशलाइ वर्तमान अवस्थाबाट वा आर्थिक संकट र राजनीति अस्थिरताको

म किन सामाजिक संजालसम्बन्धी विधेयक फिर्ता लैजानुपर्छ भन्दैछु ?

-सुमना श्रेष्ठ दुई वर्षको संसदीय अनुभवमा मैले धेरै नै विधेयकमा संशोधन हाल्ने, संशोधनको