विवाद समाधानका लागि प्रचण्ड-ओली छलफलमा



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’बीच भेटवार्ता भइरहेको छ । भेटका लागि प्रधानमन्त्री ओलीले प्रचण्डलाई बालुवाटार बोलाएका हुन् । पार्टीमा देखिएको अन्तरविरोधबारे छलफल गर्न प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार गएका हुन् ।

दुई अध्यक्षबीच सचिवालय बैठक र स्थायी कमिटी बैठक बोलाउनेबारे छलफल हुने बताइएको छ । यसअघि २० जना स्थायी कमिटी सदस्यहरूले स्थायी कमिटी बैठकको माग गरी अध्यक्षद्वयलाई पत्र पठाएका थिए । सोमबार माधव नेपाल र ओली समूहबीच नेपाल निवास कोटेश्वरमा भएको थियो । त्यसपछि आज सचिवालय बैठक बोलाउने बताइएको थियो ।

तर बैठकको समय भने अझै तय भएको छैन । ओली पक्ष सचिवालय र स्थायी कमिटी बैठक आवश्यक नभएको बताउँदै आएको छ भने ओली इतर समूह बैठकबाटै अब विवाद टुंग्याउनुपर्छ भन्ने पक्षमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो २

उपलब्धि रक्षाका लागि शान्तिपूर्ण आन्दोलन हुनसक्छः प्रचण्ड

  तुलसीपुर (दाङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले

आयस्तर सुधार गर्न औद्योगिक क्षेत्र निर्माण गर्नुपर्छ : बर्तौला

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रतिनिधिसभा संसदीय दलका मुख्य सचेतक महेशकुमार

मन्त्रीहरूलाई केही समस्या भए पार्टीमा कुरा राख्न सभापति देउवाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दल कार्यसमितिको आजको बैठकले संसद्को