आमा बित्दासमेत दागबत्ती दिन सीमा पार गर्न नपाउने तर काठमाडौंबाट मान्छे उठाउन तराई जान चाहिं पाइने ?



नारायण गाउँले ।

सिङ्गो कर्मचारीलाई “.जी” भन्ने गोकुल बाँस्कोटालाई कुनै कारबाही भएन । छौंड़ादेखि ढेँडुसम्मका शब्द प्रयोग गर्नेहरू सल्लाहकार नै छन् । निरन्तर झूट र तुच्छ बोल्नेमात्रै होइन, सिङ्गो देशलाई नै लज्जाबोध हुने षड्यन्त्रमा बालुवाटारकै नेतृत्व देखियो, कसैलाई कारबाही हुँदैन । दुर्घटनामा मान्छेले ज्यान गुमाउँदा सरकारलाई अलच्छिना भनेर राजनीति गर्नेहरू नायक नै छन् । देशकै साइबर सुरक्षा र विश्वसनीयतामा प्रश्न उठ्ने गरी अपराध गर्नेहरू सल्लाहकार नै छन् ।

भीम उपाध्यायले फेसबुकमा गाली लेखे भनेर कारबाही हुन्छ । सत्ताले चाह्यो भने लकडाउनमै पनि काठमाडौंबाट मान्छे उठाउन तराई जान सकिने रहेछ, तर एउटा नागरिकले भने आमा बित्दासमेत दागबत्ती दिन सीमा पार गर्न पाउँदैन । लकडाउनमा राहत बाँडेको नाममा ज्ञानेन्द्र शाहीहरू समातिन्छन् ।

सरकारले ‘..जी र ढेँडु’ भन्न पाउने तर आम नागरिकले ‘तिमी’ भन्दा पनि शासकको अपमान हुने व्यवस्था पनि लोकतन्त्र हुन्छ र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना मेयरलाई यसरी शानसँग उभिएको हेरेर खुसी बनौं !

नारायण गाउँले । चुनावमा उठ्नुअघि धेरैले बालेन साहलाई चिनेका थिएनन् ! उठे नै

शायद त्यसैका लागि नियतिले यस्तो संसदीय बाटोको रेखा कोर्दै लगेको छ

जेपी गुप्ता । ऊ बेला हामीलाई सिकाउनेले ललाउँदै फकाउँदै भन्थे–’संसदीय व्यवस्था भनेको सडकको

ओलीले किन बनाउँदैछन् रविलाई ‘मानवढाल’ ?

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले झापाको गिरिबन्धु टी–स्टेटको जग्गासम्बन्धी विवादमा गरेको फैसलाको

पुरुषभन्दा महिलाको आयु बढी भएको देख्दा अर्को अचम्म लाग्ने विषय खुलेको छ

डा. दीपेन्द्र रोकाया । राष्ट्रिय तथ्याङ्क कार्यालयले २०८१ वैशाख २३ गते सार्वजनिक गरेको