झाँक्रीको यो कुरालाई सरकार बिरोधी टुनामुना नसम्झेकै वेस देखियो



नारायण पौडेल ।

रामकुमारी झाँक्रीको स्टाटसलाई सरकार बिरोधी टुनामुना भनेर पार्टीका मानिसले खोईरो खनेको देखियो । के रैछ भनेर हेरेको, अचम्म परियो । उनले प्रधानमन्त्री/मन्त्रीले कोरोना कोषमा तलब दाखिला गरेको सन्दर्भमा feeling positive को संकेत राखेर स्टाटस शुरू गरेकी छिन । सरकारको कदमबाट आशाबादी रहेको अर्थ स्टाटस शुरु हुनुभन्दा पहिले नै लाग्छ । भित्र केही उपद्रो छ की ? भनेर हेरें ।

उनले पीएमसहितका भिआइपी ले ६०/७० जना सम्म सहयोगी राख्न पाऊने ब्यबस्था रहेको र सो ब्यबस्था खारेज गर्नु पर्ने लेखेकी रैछन । उनले ओलीले यती नै सहयोगी राखेका छन भनेर उल्लेख गरेकी पनि रहिनछन । खाली यस्तो ब्यबस्था छ, यही बेला खारेज गरम भनेकी छिन । अझ, ओलीका सहयोगी कती छन भनेर उनले स्टाटस मै अनबिज्ञतासहितको प्रश्न गरेकी रैछन ।

भीआइपी (भूपू सहित) ले अनाबस्यक सुरक्षाकर्मी, सहयोगी र सचिवालय उपयोग गरेको कुरा सर्वबिधित छ । कोरोनाको बहानामा भएपनि यस्तो टडकभडकवाला फजूल ब्यबस्था हटाउन पीएम लाई सल्लाह दिनु त राम्रै हो । यसमा पीएम/सरकारको विरोध देख्न मिल्छ र ? तुलनात्मकरूपमा अरू प्रधानमन्त्री भन्दा कम सहयोगी राखेको भनिएका पीएमलाई यो सुझाव त गज्जब लाग्नु पर्ने होईन र ?

केही पहिले डाक्टर सुन्दरमणि दिक्षितलाई सरकार बिरोधी दर्ज गरियो र आतंक सृजना गरेको भनी उनलाई जेल हाल्न सरकारका नाममा सामाजिक संजालमा सोडा हालियो । समर्थकको सोडा लागेर सरकारले दिक्षितलाई समातेको भए, समर्थक त नाच्थे होला । अहिले देशको के हाल हुँथ्यो होला ?

पीएमका समर्थकहरु यति एन्टी बाइटीक पनि नहोउन की पीएमको राम्रो कामको पनि असर नदेखियोस । कोरोना कठीन निर्णय लिनका लागि सरकारलाई बाहाना पनि हो । फजूल खर्च कटौति गर्ने निर्णय भटाभट गर्ने एस्तै बेला हो । झाँक्रीको यो कुरालाई सरकार बिरोधी टुनामुना नसम्झेकै बेश देखियो।

‘प्रधानमन्त्रीको निजी सचिवालयमा करिव ४८ जनासम्मले सित्तैमा तलव थाप्छन्, ती सबै पद खारेज गरौं’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीज्यूको सुशासनको हुटहुटी यसले पनि पुष्टि हुने नै छ

शारदाप्रसाद त्रिताल । महालेखा परीक्षकलगायत केही संवैधानिक पदाधिकारीको नियुक्तिको लागि सिफारिस गर्न १९

एकपटक विचार गरौँ त ?

डा. गोविन्दशरण उपाध्याय । मलेसिया एउटा मुस्लिम राष्ट्र हो जहाँ हरेक पांच वर्षमा

हाम्रो कर प्रणालीकाबारेमा कहिलेसम्म मौन बस्ने ?

डा. युवराज संग्रौला । धेरै नेपालीमा एउटा रोग छ, त्यो हो समस्या नोखोतल्ने

धर्मनिरपेक्षताको दर्शन र नेपाल

डा. गोविन्दशरण उपाध्याय । १. धर्म निरपेक्षता कि पन्थ निरपेक्षता भारतीय संविधानको प्रस्तावनामा