वेलायतमा फेरि एक जना पूर्व गोरखा सैनिकको कोरोना संक्रमणबाट निधन



लण्डन । यो हप्ता बेलायतमा प्रायः दिनको एक जना नेपालीको ज्यान कोरोनाले लिएको छ । सोमबार फेरि एक पूर्व गोरखा सैनिकको मृत्यु भएको छ । लण्डनदेखि बाहिर रेडिङ भन्ने ठाउँमा बस्दै आएका ६५ वर्षीय पूर्व गोरखा सैनिक लक्षिणबहादुर गुरुङको सोमबार बिहान निधन भएको हो ।

उपचारका क्रममा रेडिङको अस्पतालमा मृत्यु भएको समाजसेवी कमल गुरुङले जानकारी दिएका छन् । गत दुई सातादेखि अस्पतालमा राखिएका गुरुङलाई पछिल्लो समय भेन्टिलेटरमा राखिएको थियो । चिकित्सकले अब ठीक हुँदैछ भनेर भेन्टिलेटरबाट बाहिर राख्ने तयारी हुँदै गर्दा मृत्यु भएको कमल गुरुङको भनाइ छ ।

पुख्र्यौली घर कास्कीको घान्द्रुक भएका उनको पछिल्लो समय पोखराको दीपमा पनि घर थियो । घान्द्रुक समाज रेडिङमा समेत उनी केही वर्ष पहिला अध्यक्ष थिए । कमलका अनुसार धुमपान र मद्यपान केही नगर्ने उनको स्वास्थ्यसमेत निकै राम्रो थियो । अहिलेसम्म सार्वजनिक भएअनुसार कोरोनाकै कारण बेलायतमा निधन हुने नेपाली नौ पुगेका छन् । तीमध्ये छ जना पूर्वगोरखा सैनिक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजनीतिका नाममा ढाँट्ने, खेल्ने र लुट्नेको नकाव उतारेर शिक्षित युवालाई नेतृत्वमा पुर्याउनुपर्छ

डा. युवराज संग्रौला । सन् १९०९ मा सांघाइमा युथ भन्ने पत्रीका प्रकाशित गर्ने

लघुकथा: चालक

प्रभादेवी पौडेल। -“गुरु जी हजुरले कति बर्ष भयो गाडी चलाउॅन लाग्नु भएको ?राम्रो

इपीएस पास गरेकालाई सरल माध्यमबाट कोरिया पठाउन संसदीय समितिको निर्देशन

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस)

एनआरएनए कोरियाको अध्यक्षमा दीपक पुन निर्वाचित

सउल । गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) दक्षिण कोरियाको आठौँ महाधिवेशनमा