अहिले देशलाई महामारीबाट बचाऔं, बाँकी बहस पछि गरौंलाः स्वास्थ्यमन्त्री ढकाल



काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अहिले देशलाई महामारीबाट बचाउनु प्रमुख दायित्व भएको बताएका छन् । सोमबार नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै मन्त्री ढकालले देशलाई महामारीबाट बचाउनुपर्ने र बाँकी बहस पछि गर्न उचित हुने बताएका हुन् ।

उनले महामारीविरुद्धको लडाई सबै एकजुट भएर मात्र लड्न सकिने बताए । महामारीका बेलामा जनताको स्वास्थ्य र सुरक्षाको ग्यारेन्टी गर्नु नै प्रमुख दायित्व हुने मन्त्री ढकालको भनाइ थियो । कोरोना भाइरसको महामारीविरुद्ध अग्रपंक्तिमा रहने चिकित्सक र स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षाको प्रत्याभूति सरकारले गर्ने उनले बताए ।

मन्त्री ढकालले अहिले कोरोना भाइरसको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्रीको विश्वव्यापी अभाव रहेकाले आफूसँग भएका साधनको दुरुपयोग नगरी अधिकतम सदुपयोग गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्वसाधारणलाई ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको

कोल्डड्रिङ्क्सको सट्टा कागती पानी 

डा अरुणा उप्रेती । गर्मीयाम सुरु भएसँगै तीर्खा मेट्नका लागि विभिन्न चिसो पेय

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १२ सयको मिर्गौला प्रत्यारोपण

  भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा एक हजार

महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

    दोधारा चाँदनी (कञ्चनपुर)  । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप अभाव