कसरी सर्दछ कोरोना ?



चीनको डाटा अनुसार कोरोना संक्रमितमध्ये ८१ % लाई साधारण लक्षण देखिएर आफै निको भए | लगभग १३.८ % लाई गम्भीर लक्षण देखिएका थिए | उनीहरुलाई सास फेर्न गाह्रो हुने तथा अक्सिजन सपोर्ट आबश्यक भएको थियो | ४.७ % क्रिटिकल अवस्थामा थिए जसको मल्टिपल अर्गान फेलियर, स्वाश्प्रश्वास फेलियर तथा सेप्टिक सक भएको थियो | २.३ % को मृत्यु भएको थियो | मृतक अधिकांश ७० बर्षमाथिका तर गम्भीर / दीर्घकालीन रोग भएका थिए |

सतर्क रहनुपर्ने व्यक्तिहरु :

. ६५ बर्षमाथिका व्यक्तिहरु |
. ती बिरामी जो लामो समयसम्म अस्पताल बसिरहेका छन् |
• ती व्यक्ति जसको दीर्घ फोक्सोको रोग छ वा गम्भीर दमको रोग छ |
• ती व्यक्ति जसको रोग प्रतिरोधात्मक क्षमता छैन जस्तै क्यान्सरको गम्भीर चरणमा भएका बिरामी |
• जो अत्यधिक मोटा छन् र उनीहरुलाई दीर्घ मधुमेह, किड्नी फेल, कलेजोको दीर्घ रोग छ |
• गर्भवती महिला जसलाई अन्य दीर्घ रोग छन् |

तसर्थ अनाबश्यक डर मान्नु जरुरी छैन | पूर्णरुपमा घरभित्र बस्यो भने कोरोना भाइरस सर्दैन | लक डाउनको पूर्ण पालना गरौँ |

कोरोना भाइरस कसरी सर्दछ ?

. कोरोना भाइरस मुख्यतया संक्रमितले खोक्दा, छ्युं गर्दा, बोल्दा मुखबाट निस्किने छिटा, कण आदिको माध्यमबाट स्वस्थ व्यक्तिमा सर्दछ | ती छिटा तथा कण भुइंमा, भित्तामा, सिटमा, टेबलमा, कपडामा पनि जाने भएकोले त्यहाँ छुँदा पनि सर्दछ | अर्थात हातबाट मुख, नाक हुँदै सर्दछ | यो भाइरस आँखाबाट पनि सर्दछ |
. हावा ओहोरदोहोर नगर्ने कोठामा यो भाइरस केहि घण्टा रहन सक्छ | यसरी पनि यो रोग सर्न सक्छ |
. दिशाबाट पनि यो रोग सर्न सक्ने अनुसन्धानले देखाएको छ |
. आँशु, र्याल, सिंगान, खकार, विर्य, योनिश्राब लगायत अन्य ‘ बोडी फ्लुइड ‘ बाट पनि यो रोग सर्न सक्ने अनुसन्धानदाताले बताएका छन् |
. छालाको छिद्र, रोमकुप आदिबाट सर्ने / नसर्ने बारे अध्ययन भइरहेको छ |

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अनलाइन फार्मेसी सञ्चालन नगर्न विभागको निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन दिएको छ ।

विश्व स्वास्थ्य संगठनले बालबालिकामा हुने क्यान्सरको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) तथा सेन्ट

बालबालिकालाई इनर्जी ड्रिंक मात्र होइन, सफ्ट  ड्रिंक पनि स्वास्थ्यका दृष्टिले राम्रा छैनन्

डा अरुणा उप्रेती । मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु हो । मिठाइ उत्सव,

हुम्लामा ८२ प्रतिशत बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्धको खोप

सिमकोट । हुम्लामा ८२ प्रतिशत बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका छन् । सातवटा स्थानीय