नेपालको सन्दर्भमा कोरोना ‘सोसल डिस्ट्यान्सिङ्’ नै बलियो रोकथाम हुने देखियो



नारायण गाउँले ।
युरोप, अमेरिकालगायतका यतिबेला तापक्रम कम भएका देशमा सङ्क्रमण छिटो फैलिनु र अफ्रिका, इण्डिया, नेपाल या अन्य तापक्रम उच्च भएका देशमा अपेक्षाकृत कम फैलिनुमा विभिन्न कारणहरू होलान् । तर ठोस कारण भने तापक्रम नै हो भन्ने मानिएको छ ।

उदाहरणका लागि म सङ्क्रमित छु र तपाईं मेरो नजिक सम्पर्कमा हुनुहुन्छ भने यो गर्मी-जाड़ो जहाँ पनि सर्न सक्छ । मैले सास फेर्दा, बोल्दा या खोक्दा थुकका साना या अदृश्य थोपा बाहिरिने गर्छन् । तिनमा भाइरसको मात्रा हुन्छ । तपाईं अति नजिक हुनुहुन्छ र तत्काल त्यही हावामा सास फेर्नुभो भने यो सङ्क्रमण सजिलै तपाईंसम्म आइपुग्छ । तर, उच्च तापक्रममा र घाम लागेको ठाउँमा थुकका थोपा छिटै सुक्ने हुनाले ती भाइरस भुइँ या कुनै सरफेसमा झर्छन् । त्यसरी झरेका भाइरस चिसो ठाउँमा घण्टौँ बाँच्न सक्छन् । तर गर्मी ठाउँमा भने ती छिटै नष्ट हुने रहेछन् । चिसो र ओसिलो मौसममा त थुकका थोपामा लामो समय ती हावामैं अडिने रहेछन् । फलतः सङ्क्रमणको सम्भावना बढ़ी हुन्छ ।

सामान्य भाषामा भन्नुपर्दा, चिसोमा तपाईं सङ्क्रमित व्यक्तिको नजिक नआइकनै पनि सङ्क्रमणको शिकार हुन सक्नुहुन्छ । एकछिन अघि सङ्क्रमितले सास फेरेको ठाउँ या प्रयोग गरेको सामानबाट पनि यो तपाईंमा सर्न सक्छ । यो ढोकाको ह्याण्डलदेखि बसको सिटसम्म जे पनि हुनसक्छ । तर तातो या गर्मी ठाउँमा त्यही सरफेसमा भाइरस बाँच्न सक्ने समय उल्लेखनीय रूपमा कम हुने हुनाले तपाईंलाई ढोकाको ह्याण्डल छुँदैमा नसर्न सक्छ । तर सङ्क्रमित व्यक्तिको सम्पर्कमा आउनुभो भने सङ्क्रमणले मौसम कस्तो छ भन्ने पक्कै हेर्दैन ।

यही थ्योरीलाई आधार मानेर युरोपलगायतका देशले अहिले ‘डिले’ रणनीति अपनाइरहेका छन् । डिले अर्थात् सङ्क्रमणको गतिलाई ढिलो या सुस्त बनाउने र गर्मी मैनासम्म खिच्ने । सङ्क्रमणको गति सुस्त हुँदा तीनवटा अपेक्षा रहेछन्:

१-माथि भनेझैँ गर्मी मौसममा भाइरस निष्क्रिय हुने हुनाले जुन-जुलाइमा रिप्रोडक्शन रेट घटेर यो प्रकोप आफै समाप्त हुनेछ ।
-सुस्त हुँदा वर्तमान स्वास्थ्य पूर्वाधार र क्षमताले योसँग लड्न भ्याउने रहेछ ।
-त्यतिन्जेल यसको भ्याक्सिन या उपचार पत्ता लागिसक्ने सम्भावना रहेछ ।

त्यसैले नेपालको सन्दर्भमा ‘सोसल डिस्ट्यान्सिङ्’ नै बलियो रोकथाम हुने देखियो । शङ्का लागेका मान्छेसँग नजिक नजाने । भिड़भाड़बाट बच्ने । एकदुई घण्टा घाम ताप्ने, नियमित हात धुने र प्रशस्त हरियो परियो या स्वस्थ खाना खाने । अब हामी गर्मी मौसमतिर अघि बढ्दै गरेकाले प्यानिक नै हुनुपर्ने अवस्था छ जस्तो लागेन । तर सतर्क र तयारी त चाहियो नै । भनिन्छ, स्याल मार्न भनेर जङ्गल पसे पनि हतियारचाहिँ बाघ मार्न सक्ने बोक्नुपर्छ । आइहाल्यो भने त मरियो नि !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकपटक विचार गरौँ त ?

डा. गोविन्दशरण उपाध्याय । मलेसिया एउटा मुस्लिम राष्ट्र हो जहाँ हरेक पांच वर्षमा

अनलाइन फार्मेसी सञ्चालन नगर्न विभागको निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन दिएको छ ।

विश्व स्वास्थ्य संगठनले बालबालिकामा हुने क्यान्सरको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) तथा सेन्ट

बालबालिकालाई इनर्जी ड्रिंक मात्र होइन, सफ्ट  ड्रिंक पनि स्वास्थ्यका दृष्टिले राम्रा छैनन्

डा अरुणा उप्रेती । मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु हो । मिठाइ उत्सव,