भोको पेट बाँचेकाको राजनीति



डा. अरुणा उप्रेती ।

भोको पेट बाँचेकाको राजनीति के हो  उत्तर देलान् त नेताजीले ?

मानिसहरू जुलुसमा हिँडिरहेका थिए । पुलिसले गोली चलाउन थालेपछि ३ जना मानिसहरू गोली लागेर ढले । ढल्दा एउटाको मुखबाट निस्कियो– ‘राम’, अर्कोको मुखबाट निस्कियो– ‘माओत्सेतुङ’, अर्कोको मुखबाट निस्कियो– ‘आलु’ ।

जब पोस्टमार्टमको नतिजा आयो, तब पत्ता लाग्यो कि राम र माओत्सेतुङ भन्नेको पेट भरिएको थियो । भारतका प्रसिद्घ कवि सक्सेनाको कविताको एक टुक्रा हो यो । तर, सानो टुक्रामा जीवनको कति ठूलो सत्य छिपेको छ !

भोको पेटले त भात र आलु उच्चारण गर्छ तर राजनीतिका दिग्गजहरूले आफू र आफ्ना सन्तानलाई चाहिँ पेटभरी खुवाउँछन् । आनन्दपूर्वक सुरक्षित ठाउँमा राख्छन् र अरूका छोराछोरीहरूलाई चाहिँ नारा र जुलुस लगाउन उक्साउँछन् ।

उनीहरूलाई साधारणजनको माया छैन । प्रायः कुनै पनि पेसामा लागेका मानिसहरूले आफ्ना छोराछोरीले आफ्नो बिँडो थामून् भन्ने चाहन्छन् । किसानले आफ्ना छोराछोरी झन् ठूलो किसान बनून् भन्ने चाहन्छन् । शिक्षकले आफ्ना सन्तान आफूभन्दा बढी पढेर राम्रा शिक्षक बनून् भन्ने चाहन्छन् । लेखक र डाक्टरहरूले पनि प्रायः त्यस्तै चाहन्छन् ।

तर, एउटा स्मगलरले चाहिँ आफ्ना सन्तानलाई आफूले गरेको कालो कामका बारेमा थाहा नहोस् भन्ठान्छ । अरूलाई बिष हालेको रक्सी खुवाएर मार्ने व्यापारी पनि आफ्नो सन्तानले चाहिँ रक्सी नखाओस् भन्ने ठान्छ । तर, अरूको सन्तानलाई कालो धन्दामा लगाउन र अरूका सन्तानलाई रक्सी खुवाउन व्यापारीलाई केही पनि लाग्दैन ।
कलिला मस्तिष्क भएका गाउँघरबाट आएका जनताका छोराछोरीहरूले चाहिँ नेताजीले भनेको कुरा ठीक हो भनेर पालना गर्छन् । उनीहरूलाई भविष्य देखाइएको हुन्छ । २०४६ सालमा विद्यार्थी आन्दोलनमा लागेका कतिपय विद्यार्थीहरू अहिले परिवारको पेट पाल्न विदेशमा गोठालो गएका छन् । विदेशमा गएर काम गर्नलाई नराम्रो र गोठालो काम सानो भनेको होइन, तर कुनै पनि नेताजीहरूका छोराछोरीचाहिँ गोठालो बनेर शारीरिक काम गर्न गएका छैनन् भनेको मात्र हो ।

नेताजीका छोराछोरीहरू विदेश गएका त उतै बस्ने, पढ्न र सयर गर्न हो । तर, यहाँबाट अहिले पनि विद्यार्थी चुनावमा होमिएका र आफ्नाआफ्ना पार्टीको झण्डा उठाएर अरूलाई मार्न तयार रहेका विद्यार्थीहरू अबको ५ वर्षपछि जब बेरोजगारको श्रेणीमा परेर ‘अब जीवन कसरी धान्ने हो ?’ भन्ने मनन् गर्लान्, तब अहिले उक्साउने नेताले के उनीहरूको पेट भरिदेलान् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘मिलिनियम ट्रेक’लाई नियाल्दा

सागर श्रेष्ठ।  पहाडको प्राकृतिक छटा, लेकबस्तीको आत्मनिर्भर अर्थतन्त्र, मौलिक उत्पादनमा आश्रितहरुको कथा चिनाउने

दलहरूले शिक्षकलाई संगठन बनाउन लगाउने काम शिक्षा प्रणालीलाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार काम थियो

डा. सूर्यराज आचार्य । दलको संगठन मजबुत बनाउने तथा निर्वाचनमा आफ्नो पक्षमा मत

कतारी राजाको भ्रमणको सन्दर्भमा नेतृत्वमा नभएको एक राजनीतिकर्मीको कल्पना !

रविन्द्र मिश्र । नेपाल विश्वका चार प्रमुख धर्म मध्ये दुई (हिन्दू र बौद्ध)